क्यानडामा नेपाल भ्रमण वर्ष २०२० को सुरुवात
क्यानडा । क्यानडामा नेपाल भ्रमण वर्ष २०२० सफल पार्न औपचारिक रुपमा प्रचार प्रसार शुरु भएको छ । क्यानडाका मन्त्री, सांसद, पर्यट व्यवसायी लगायत विदेशी तथा नेपाली प्रतिनिधिहरु माझ राजधानी अटोवा शहरमा नेपाली राजदूतावासले विशेष कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा नेपाल भ्रमण गरिसकेका क्यानडियन नागरिक, मन्त्री, सांसद, अन्य देशका राजदूतहरु, पर्यटन ब्यबसायीहरु, पर्बतारोहीहरु, गैर आबासीय नेपाली संघ क्यानडा, नेपाल भ्रमण बर्ष २०२० समन्वय समितिका सदस्यहरु, नेपाली समुदायका विभिन्न संघ सस्थाका प्रतिनिधिलगायको उपस्थिति रहेको थियो । क्यानडाका लागि नेपाली राजदूत भृगु ढुङ्गाना, गैर आबासीय नेपाली संघ क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरे, एसिस्टेन्ट डेपियुटी मिनिस्टर फर एसिया पेशिफिक एट द ग्लोबलस अफेयर्स क्यानडाका पल थोप्पी र क्यानडियन सांसद चन्द्र आर्याले दीप प्रज्वलन गर्दै नेपाल भ्रमण बर्ष सफलताको कामना गरेका थिए ।
कार्यक्रमा अथितिहरुलाई स्वागत गर्दै राजदूत ढुंगानाले नेपाल सरकारले भ्रमण बर्षको लागि आवश्यक पूर्वाधार सम्पन्न गरि २० लाख पर्यटक भित्र्याउन तयार रहेको बताउँदै क्यानडियनहरुलाई नेपाल भ्रमणको निमन्त्रणा दिए ।
यसैगरी गैर आवासीय नेपाली संघ क्यानडाका अध्यक्ष तथा नेपाल भ्रमण बर्ष २०२० को क्यानडा संंयोजक चिरञ्जीवी घिमिरेले नेपाल सरकारले मनाउँदै गरेको भ्रमण बर्ष सफल बनाउन नेपाल सरकार, राजदूताबास, नेपाली समुदायका संघ सस्थाहरु र एनआरएनए क्यानडाले हातमा हात मिलाउँदै विभिन्न कार्यक्रम मार्फत क्यानडियन समुदायमा प्रचार प्रसार गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण