सारालाई प्रशंसकले हात समातेर चुम्बन गर्ने कोसिस गरेपछि...
शनिबार, २६ पुस २०७६, ०७ : ५३
बलिउड अभिनेत्री सारा अली खानको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियोमा उनका प्रशंसकले उनको हातमा चुम्बन गर्ने कोसिस गरेका छन् ।
मुम्बईका सेलिब्रेटी फोटो ग्राफर विरल भयानीले उक्त भिडियो सामाजिक सञ्जालमा सेयर गरेका हुन् ।
भिडियोमा एकजना सारका फ्यानले उनको हात मागेर चुम्बन गर्ने कोसिस गरेका छन् । त्यसपछि सारा एक्कासी अचम्ममा पर्छिन् र पछि हट्छिन् । यसैबीच उनका बडीगार्ड आउँछन् र क्यामेरा लगायत ती प्रशंसकलाई पछाडि हट्न आग्रह गर्छन् ।
पछिल्लो समय बलिउडमा निकै चर्चामा रहेकी अभिनेत्री हुन् सारा । उनले ‘सिम्बा’ फिल्मबाट बलिउडमा पाइला राखेकी थिइन् । पहिलो फिल्ममा नै उत्कृष्ट अभिनय गरेकी सारा यतिबेला भने ‘लव आज कल’ को सिक्वलका साथै ‘कुली नम्बर १’ को पनि शुटिङ गरिरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण