चीनका यी डक्टर ९२ वर्षको उमेरमा पनि सक्रियताका साथ विरामी हेर्छिन्, हप्तामा जाँच्छिन् ६०० विरामी
एजेन्सी । चीनको जियांग्सु प्रान्तको नानजिङ सहरको सिटी अस्पतालमा ९२ वर्षीया चिकित्सक अझै बिरामीलाई उपचार गर्छिन् ।
खासमा उनी १९९४ मै रिटायर भएकी हुन् । पछि उनले आफूले अझै सेवा दिने अवस्थामा रहेको लागेर कामलाई निरन्तरता दिइन् ।
उनको यही लगनका कारण अझै पनि उनी हप्ताको ६०० विरामीलाई सेवा दिन्छिन् ।
आआँे नाम रहेकी ती चिकित्सक रक्त रोग विशेषज्ञ हुन् । उनका पति र छोरा पनि चिकित्सक हुन् ।
आओँको जन्म सन् १९२८ मा भएको थियो । उनी आफ्नोबारेमा भन्छिन्, ‘मलाई आफ्नो काममा आनन्द लाग्छ । यही मेरो खुसीको रहस्य हो ।’
‘विरामीको उपचार गर्दै मर्न चाहन्छु ’
एक भिडियोमा उनी भन्छिन्, ‘म आफ्नो उमेरबारे किन सोचु ? मलाई आफ्नो पेसासँग मायाँ छ । विरामीको सेवा गर्दै मर्न चाहन्छु ।’
आँओका छोरा डाक्टर जेंग शिलान्ग पनि सोही अस्पतालमा काम गर्छन् र उनी आफ्नो आमालाई प्रेरणा मान्ने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण