दीपिकाको अगाडि गोबिन्दाकी भाञ्जी आरतीको खुलासाः १३ वर्षको उमेरमा घरभित्र भएको थियो बलात्कारको कोसिस
यसपटक बिग बस १३ विकेन्ड वारमा ‘छपाक’ को समूह फिल्म प्रोमोशनका लागि पुगे । दीपिका पादुकोण, विक्रान्त मस्सी र लक्ष्मी अग्रवालले घरका सदस्यसँग केही समय बिताए । निर्माण पक्षले कार्यक्रमको एउटा प्रोमो जारी गरेको छ जसमा सबै प्रतियोगीले आफ्नो जीवनमा घटित नराम्रा घटनाबारे जानकारी दिएर सबैलाई चकित बनाएको देख्न सकिन्छ । प्रोमोमा आरती सिंहले जुन खुलासा गरेकी छिन्, त्यो अहिले चर्चाको विषय बनेको छ ।
उनले भनिन्, ‘१३ वर्षको उमेरमा मलाई घरमा बन्द गरेर बलात्कार गर्ने कोसिस गरियो । त्यो कुरा सोच्ने हो भने म आज पनि काँप्छु ।’
आरतीको यो कुरा सुनेर सबै चकित भए । विशेषगरी सिद्धार्थ शुक्लाको आँखामा आँसु नै आयो । यसअघि आरतीले दुई वर्षसम्म काम नभएकोले आफू डिप्रेशनमा पुगेको खुलासासमेत गरेकी थिइन् ।
गोबिन्दाकी भाञ्जी हुन् आरतीः
३५ वर्षकी आरती कृष्णा अभिषेककी बहिनी र गोबिन्दाकी भाञ्जी हुन् । आरतीले आफ्नो अभिनय करियरको सुरुवात टिभी शो ‘मायका’ बाट सन् २००७ मा गरेकी थिइन् । त्यसपछि उनले ‘गृहस्थी–थोडा हे बस थोडेकी जरुरत हे’ मा काम गरिन् । आरतीले एकता कपुरको सिरियल ‘परिचय –नयाँ जिन्दगी’ बाट पहिचान पाइन् ।
त्यसपछि उनी ‘उतरन’, ‘देवोंका देव महादेव’ जस्ता कार्यक्रममा पनि देखिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण