सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सीजीका जाडोका घरायसी सामाग्रीहरुको माग बढ्दो

आइतबार, २७ पुस २०७६, १६ : ३०
आइतबार, २७ पुस २०७६

काठमाडौं– इलेक्ट्रोनिक्स ब्राण्ड सी.जी.ले हालै नजिकिँदो जाडोलाई लक्षित गरि विभिन्न किसिमका जाडोलाई टाढा राख्ने नयाँ घरायसी सामाग्रीहरु बजारमा ल्याएको थियो । 

सी.जि.का सामानहरु सोचे भन्दा पनि बढि बिक्री भएको डिलरहरुको दावी छ । जसअन्तर्गत रुम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्ट्रीक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर, इलेक्ट्रीक केटल, हटपट, भ्याकुम फ्ल्यास र थर्मसहरु रहेका थिए । 

रुम हिटर र हेलोजिन हिटरमा हालै बिल्कुलै नयाँ स्वरुप र आकर्षक रंगहरुमा ल्याएको छ । जसले तपाईको कोठालाई एकदमै न्यानो पार्ने गर्दछ । 

जाडोमा पनि सहजै सँग नुहाउन सकिने बनाउन सि.जी.ले तपाईको बजेटलाई ध्यानमा राखि ग्याँस तथा इलेक्ट्रीक गरि दुई किसिमका गिजरहरु उपलब्ध गराएको छ । त्यसैगरी केहि समयमानै कुनै झ्नझ्ट विना पानि तताउन विभिन्न आकर्षक मोडल र विभिन्न किसिमका इलेक्ट्रीक केटल र हटपटहरु रहेका छन् । 

तातिएका पानिलाई लामो समयसम्म पनि उस्तै बनाइराख्न भ्याकुम फ्ल्याक्स र थर्मसहरु पनि उपलब्ध गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप