पेनाल्टीमा एथ्लेटिकोलाई हराउँदै रियल बन्यो सुपर कप च्याम्पियन
चिरप्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा ४–१ ले हराउँदै रियल म्याड्रिडले स्पेनिस सुपरकपको उपाधि जितेको छ ।
रियलका कप्तान सर्जियो रामोशले निर्णायक पेनाल्टीलाई गोलमा परिणत गर्दै रियललाई उपाधि दिलाए ।
यसअघि, साउदी अरेबियामा भएको खेलमा निर्धारित र अतिरिक्त समय गरी १२० मिनेटसम्म कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो ।
एथ्लेटिकोका साउल निग्वेज र थोमास पार्टेले पेनाल्टीमा चुके । साउलको प्रहार पोष्टमा लागेको थियो भने थोमासको प्रहारलाई गोलकिपर थियाबट कोर्टवाले रोकेका थिए ।
रियलले यो उपाधि ११ औँ पटक जितेको हो ।
यसअघि, अतिरिक्त समयमा अल्भारो मोराटालाई फल हानेपछि फेडरिको भालभर्डेले रातो कार्ड खाँदै मैदान छाड्नपरेको थियो । अन्तिम ५ मिनेट रियल १० खेलाडीमा सिमित बनेको थियो ।

जेद्दामा अवस्थित किङ्ग अब्दुल्लाह स्पोर्ट सिटी स्टेडियममा भएको खेलको पहिलो हाफमा एथ्लेटिकोका जोआ फेलिक्सले गोल गर्ने अवसर खेर फालेका थिए ।
दोस्रो हाफमा रियलले सुधारिएको खेल प्रदर्शन गरेको थियो । तर, सर्बियाका स्ट्राइकर लुका जोभिचको प्रहारले पनि गोलको जाली चुम्न सकेन । खेलको ७९ मिनेटमा एथ्लेटिकोका लागि अल्भारो मोराटोले सुन्दर अवसर पाएका थिए । तर उनको प्रहार रियलका गोलकिपर थियाबट कोर्टवाले उत्कृष्ट बचाऊ गरे ।
यो सिजनदेखि नयाँ ढाँचामा स्पेनिस सुपरकप खेलाइएको थियो । यसअघि, ला लिगा र कोपा डेल रेको विजेता गरेर दुई टीम मात्र भिड्ने यो प्रतियोगितामा यसपटकदेखि चार टीम समावेश गरिएको थियो । यसमा ला लिगा र कोपा डेल रेको विजेता र उपविजेतालाई समावेश गराउने भनिएको थियो । तर, बार्सिलोनाले लिग जित्नुका साथै कोपा डेल रेको पनि उपविजेता बनेपछि लिगको तेस्रो स्थानमा रहेको रियलले प्रतियोगितामा अवसर पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण