दीपिका पादुकोणका लागि ब्रान्डले अपनाए यस्तो रणनीति
जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा घाइते विद्यार्थी नेतालाई भेट्न गएपछि दीपिका पादुकोणको विषयमा प्रमुख ब्रान्डले ‘सेफ गेम’ खेलिरहेका छन् ।
इकोनोमिक टाइम्सले आफ्नो पहिलो पानामा दीपिका पादुकोणसँग सम्बन्धित यो खबरलाई निकै प्राथमिकताका साथ स्थान दिएको छ ।
केही ब्रान्डले थोरै समयका लागि दीपिका पादुकोणसँग सम्बन्धित विज्ञापनको भिजिबिलिटी कम गर्ने निर्णय लिएका छन् । ती ब्रान्ड कुनै पनि विवादबाट बच्ने कोसिस गरिरहेका बेला उनीहरुले यस्तो निर्णय गरेका हुन् ।
दीपिका पादुकोण अहिलेको समयमा २३ ब्रान्डको विज्ञापन गरिरहेकी छिन् । यद्यपि, कुनै पनि ब्रान्डले उनलाई विज्ञापनबाट हटाएको छैन । दीपिका बलिउडकी सबैभन्दा महँगो स्टार मानिन्छिन् र एक विज्ञापनका लागि साधारणतया आठ करोड भारु लिन्छिन् ।
दीपिका गत ७ जनवरीमा जेएनयू गएकी थिइन् र विश्वविद्यालय विद्यार्थी संघकी अध्यक्ष आइशी घोषसँग भेटेकी थिइन् र घाइते विद्यार्थीमाथि आफ्नो समर्थन जताएकी थिइन् ।
त्यसपछि उनको फिल्म छपाक प्रदर्शनमा आयो । आइतबारसम्म यो फिल्मले २० करोड कमाएको अनुमान छ, यो फिल्मको लागत ४० करोड भारु हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण