नबिल बैंकको मृत्यु बीमा योजना एक वर्ष पूरा
नबिल बैंकको मृत्यु बीमा योजना एक वर्ष पूरा भएको छ । नबिल बैंकले गत वर्ष २०७५ मंसिरमा सुरु गरेको घातक रोग बीमा तथा मृत्यु बिमा गरिदिने योजना एक वर्ष पुगेको हो ।
नबिल बैंकले मेटलाईफ बीमा कम्पनीको सहकार्यमा रु ३,००,००० को घातक रोग बीमा तथा रु ७५,००० को मृत्यु बीमा गरिदिने योजना बनाएको थियो ।
उक्त बीमा योजनाल्याएको एक वर्षमाकुल ८६ बचतकर्ताहरुलाई यस योजनाअन्तर्गत रकम रु २ करोड १ लाख ७५ हजार दाबी भुक्तानी गरिएको छ । ग्राहक महानुभावहरुविच यस योजनाको लोकप्रियता तथा यसले पु¥याएको सहयोगलाई मध्यनजर गर्दै यस योजनालाई निरन्तरता दिने निर्णय समेत बैंकले गरेको छ ।
उक्त योजनाअन्तर्गत बैंकले दैनिक मौज्दात रु २५,००० वा वढि राख्ने १६ देखि ६४वर्ष उमेरका जुनसुकै प्रकारका नेपाली मुद«ाका व्यक्तिगत बचत खातालाई क्यान्सर, स्ट्रोक, फस्र्ट हर्ट अटयाक, सेरियस कोरोनरी आर्टरी, हर्ट भल्भ सर्जरी, प्राइमरी पल्मनरी हाइपर टेन्सन, एण्ड स्टेज लङ्ग डिजिज, एण्ड स्टेज लिभर फेलिअर, फुलमिनेन्ट हेपाटाइटिस् किड्नी फेलिअर, कोमा, एपलास्टिक एनेमिय, मेजर अर्गान बोन म्यारो ट्रान्सप्लान्टेसन गरी गरी १३ वटा घातक रोगहरुको उपचारार्थ रु ३००,००० को बीमा गरेको छ
आफ्ना ग्राहकको सहजतालाई आत्मसाथगर्दै उक्त १३ वटा मध्यकुनैपनि घातक रोगलागेको निवेदनउपर निदान आवश्यकप्रमाण पुरा भएको अवस्थामा रु ३००,००० को बीमा रकमविनाकुनै विल तत्काल भुक्तानी हुन गरी व्यवस्था गरिएको छ । यसको अतिरिक्त बचतकर्ताको निधनभएमा रु ७५,००० को बीमांक रकम समेत यो योजनाले सुरक्षित गरेको छ ।
हाम्रो समुदायमा घातक रोगहरुको प्रभाव दिनप्रतिदिन बढ्दो क्रममा रहेको तथा तिनको उपचारार्थ अत्याधिक व्ययभार हुने कुरालाई ध्यानमा राख्दै यस्तो घातक रोग लागेको अवस्थामा उपचारको क्रममा नै केहि आर्थिक सहयोग समयमै पु¥याउने उदेश्यका साथ आफ्ना बचतकर्ताको सुरक्षण सहित नबिल बैंक प्रस्तुत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण