विमान दुर्घटनाबारे प्रदर्शन भइरहँदा ट्रम्पको चेतावनीः इरानले न त सरकार विरोधीको हत्या गरोस् न परमाणु हतियार बनाओस्
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प इरानमा सरकार विरोधी भइरहेको प्रदर्शनलाई निकै नजिकबाट नियालिरहेका छन् । इरानका जनता विमान दुर्घटनामा झुटो बोलेको भन्दै रुहानी सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।
भीडलाई नियन्त्रण गर्न पुलिसले आइतबार अश्रु ग्यास प्रहार गरेको छ । त्यसपछि ट्रम्पले प्रदर्शनबारे एकैदिन दुईवटा ट्वीट गर्दै भने, ‘राष्ट्रिय सुरक्षा सल्लाहकारले नयाँ प्रतिबन्धका कारण इरान निस्सासिएको छ र उनीहरु सम्झौता गर्न बाध्य भएका छन् । वास्तवमा उनीहरुले सम्झौता गर्छन् गर्दैनन् भनेर मलाई कुनै चिन्ता छैन । तर इरानी नेतालाई सन्देश छ कि न त उनीहरुले प्रदर्शनकारीको हत्या गरोस् न नै परमाणु हतियार बनाओस् ।’
ट्रम्पले थपे, ‘हज्जारौंको पहिले नै हत्या गरिसकिएको छ वा जेलमा हालिसकिएको छ, त्यो सारा संसारले देखिरहेकै छ । सबैभन्दा महत्वपूर्ण कुरा त अमेरिकाले पनि देखिरहेको छ । आफ्नो इन्टरनेट सुरु गर र पत्रकारलाई स्वतन्त्रतापूर्वक घुम्न देउ । आफ्ना महान इरानीको हत्या गर्न बन्द गर ।’
इरानमा अचानक किन भड्कियो प्रदर्शन ?
इरानले ८ जनवरीमा युक्रेनको विमान खसालेको थियो । इरानले शनिबार आफ्नो सेनाले गल्तीपूर्वक युक्रेनको यात्री विमानलाई निशाना बनाएको स्विकारेको थियो । सरकारको तर्फबाट जारी बयानमा यसलाई मानवीय त्रुटी बताइयो । यो घटनापछि इरानमा हज्जारौं मानिसहरु सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण