लण्डनमा मनाइयो २९८ औं पृथ्वीजयन्ती
लन्डन । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिनको अवसर पारेर संयुक्त राष्ट्रवादी संगठन बेलायतको संयोजनमा २९८औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।
नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरणको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बेलायतमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
संयुक्त राष्ट्रवादी संगठन बेलायतका अध्यक्ष भारत क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथी डा. राघव प्रसाद धिताल, दूतावासका कुमार बाबु थापा,काउन्सिलर बिष्णु गुरुङ, विकल चन्द्र आचार्य, गैर आवासीय नेपाली संघ यूकेकी रोजिना प्रधान राई लगायत उपस्थित सबैले पृथ्वीनारायण शाहको तस्विरमा माल्यार्पण गरेका थियो ।
विक्रम सम्वत् १७७९ पौष २७ गते जन्मिएका पृथ्वीनारायण शाहले २२से २४से राज्यहरुलाई एकीकरण गरेर सिंगो नेपालको स्थापना गरेका थिए । ‘घुस लिन्या र दिन्या दुवै देशका शत्रु हुन्’ जस्ता उनका तेसबेलाका भनाइहरु दिव्यउपदेशका रुपमा अहिले पनि उत्तिकै सान्दर्भिक रहँदै आएका छन् ।
प्रमुख अतिथी शरदराज आरनले पृथ्वी नारायण शाहले विविध आयामिक पक्षहरुलाई मध्यनजर गर्दै नेपाल राष्ट्रको निर्माण गरेको र उनि अर्थविद, कुटनीतिक र दुरदर्शी समेत रहेको बताएका थिए । राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्रीले पृथ्वीनारायण शाहका देनका बारेमा चर्चा गरेका थिए । “जन्मे भीमसेन थापा पृथ्वी नारायण, विश्वसामू नाम रह्यो आज यिनकै कारण” कार्यक्रममा गायक प्रकाश गुरुङले स्वागत गान प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण