देवघाट मेलामा मासु र मदिरा निषेध
नवलपरासी । नवलपुर, तनहुँ र चितवनको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति मेला लाग्दैछ । गत वर्षभन्दा अझै बढी व्यवस्थित र सहज स्नान गर्न सकिने गरी मेला व्यवस्थापन तथा सुरक्षाको काम गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए ।
माघे सङ्क्रान्ति मेला भर्न नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गर्दछन् । त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थलमा भक्तजनहरुको घुइँचो लाग्ने हुँदा मेलालाई सुरक्षित र सहज बनाउन हरेक वर्ष चुनौती सामना गर्नुपर्ने पौडेलले बताए ।
देवघाट मेलाको नामले समेत परिचित मेलालाई व्यवस्थित बनाउन १५ वटा विभिन्न उपसमिति बनाएर काम अघि बढाइएको छ । मेलामा खानेपानी, विद्युत्, यातायात, जलयात्रा, पार्किङ, प्राथमिक उपचारलगायतका विषयमा कुनै पनि गुनासो नआउने गरी तयारी गरिएको पौडेलले बताए । देवघाटमा माघे सङ्क्रान्ति मेला भर्नका लागि अघिल्लो रातबाट नै भक्तजनहरु आउने हुँदा सोहीअनुसारको व्यवस्थापन गरिएको पौडेलको भनाइ छ ।
दर्शनार्थीलाई हिँड्न र स्नान गर्न सहज होस् भनेर बाटो सम्याउने, ढुङ्गा राख्ने काम भएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेले बताए । देवघाटको जीर्ण बन्दै गएको झोलुङ्गेपुलसमेत मर्मत गरी दुई लाममा भक्तजनलाई नदी वारपार गर्ने व्यवस्था गरिएको घिमिरेले जानकारी दिए । मेला अवधिभर देवघाट क्षेत्रमा मांस मदिरापान निषेध गरिएको घिमिरेले बताए ।
अघिल्ला वर्षका मेलामा कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालीम शिक्षालयका गोताखोरको टोली मात्रै उद्धारमा खटिने गरेकामा यस वर्षबाट नेपाली सेनाको गोताखोर टोलीसमेत थपिएको घिमिरेले बताए । गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली र मुक्तिनाथबाट आएकी कालीगण्डकीको वेणी सङ्गम देवघाटमा माघे सङ्क्रान्तिका दिन नुहाउँदा धार्मिक फल प्राप्त हुने विश्वास छ ।
स्वदेशका मात्रै नभएर भारतका हिन्दूहरु पनि यस दिनमा स्नान गर्न यहाँ आउने गर्दछन् । माघे सङ्क्रान्तिमा देवताहरु पनि नुहाउन, तीर्थ गर्न देवघाट आउने मान्यता रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण