सूचना प्रविधि विधेयक काँग्रेसले पास हुन दिँदैन : डा. महत
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारले संसदमा लैजान लागेको सूचना प्रविधि विधेयकलाई पास हुन नदिने बताएका छन् ।
काठमाडौंमा विपी कोइराला स्कुल अफ पब्लिक पोलिसीद्वारा आयोजित ‘प्रस्तावित सूचना प्रविधि र विशेष सेवा संगठन विधेयकः नागरिक अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै उनले जनताका अधिकार खोस्ने विधेयकलाई काँग्रेसले पास हुन नदिने बताएका हुन् ।
मानव अधिकार कुण्ठित हुने गरी विधेयक सदनमा पेस नगर्न सरकारलाई सहमहा मन्त्री महतको सुझाव छ ।
नागरिकको फोन ट्रयापिङ गरेर दुःख दिने मनसायले विधेयकहरु आएको र ती विधेयकलाई अहिले पास भए देशमा अधिनायकवाद स्थापित हुने उनको जिकिर छ ।
उनले भने, ‘नगरिकनलाई दुःख दिन, सामाजिक सञ्जालकर्तालाई जरिवाना र जेल सजाय गर्न जनताले नेकपालाई मत दिएका हुन् ? नागरिकको अधिकार खोक्न वैधानक व्यवस्था गर्ने कुरा काँग्रेसलाई मान्य हुँदैन । हामी जनताको अधिकारको लागि लड्न तयार छौँ ।’
सरकार चरम भ्रष्टाचारमा लिप्त हुँदै गएकाले नागरिकको मुख बन्द गर्न सूचना प्रविधि विधेयक ल्याउन लागेको महतको जिकिर छ ।
उनले भने, ‘ नेकपाको सरकार बने नै देखि भ्रष्टाचारका काण्डै काण्ड सार्वजनिक भएका छन् । ती काण्डलाई लुकाउने उद्देश्यले सरकारले जनताको मुख थुन्न अहिले सूचना प्रविध विधेयक सदनमा ल्याउन लागिएका छ । वैधानिक रुपमा भ्रष्टाचार गर्न र जनअधिकार विरोधि ऐन कानुन बनाउन ओली सरकार लागि परेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण