१३ वर्षमा नोकरले गरेका थिए बलात्कारको कोसिसः आरती सिंहको खुलासामा भाउजु कश्मीराको यस्तो प्रतिक्रिया
बिग बस १३ की प्रतियोगी आरती सिंहले आफूमाथि १३ वर्षको उमेरमा बलात्कारको कोसिस भएको खुलासा कार्यक्रममार्फत् गरेकी छिन् । उनको यस्तो बयान सुनेर अन्य प्रतियोगीसमेत अचम्मित भएका थिए । आरतीको यो खुलासामा उनकी भाउजु कश्मीरा शाहले प्रतिक्रिया दिएकी छिन् ।
पिंकविलासँगको कुराकानीमा कश्मीराले भनिन्, ‘म निकै दुःखी छु । कृष्णा र मलाई यसबारे केही थाहा थिएन । आरतीसँग कुरा गरेपछि नै मैले यसबारे थप भन्न सक्छु । यो कुरा सुनेर मलाई निकै दुःख लागेको छ । आरतीले हामीलाई पहिले नै यसबारे बताएको भए हुन्थ्यो । जसले उनलाई यस्तो गर्यो, त्यसको म ज्यानै लिन्थेँे । मैले सधैं यस्ता पीडितलाई समर्थन गर्दै आएकी छु तर आफ्नै घरमा पीडित भएको कुरा चाहिँ मलाई थाहै थिएन ।’
कश्मीरा आरतीका दाइ कृष्णा अभिषेककी श्रीमती हुन् ।
आरतीलाई नोकरले गरेका थिए बलात्कारको कोसिसः
कार्यक्रममा छपाकको समूह जब प्रामोशनका लागि आएको थियो तब आरतीले उक्त घटनाबारे खुलासा गरेकी हुन् । उनले भनेकी थिइन्, ‘१३ वर्षको उमेरमा मलाई नोकरले घरमा बलात्कारको कोसिस गरेका थिए । म यो कुरा पारसलाई भन्न चाहन्थेँ किनभने उनी मलाई संवेदनशील लागेको थियो । मैले पारसलाई म एक्लै सुत्न सक्दिनँ भनेकी थिएँ र आज पनि म सुत्ने बेला सधैं ढोकामा चुकुल लगाएरै सुत्छु । यसबारे बताउँदा मेरो हात काँमिरहेको छ । यो कार्यक्रम थुप्रै युवतीले हेर्छन् त्यसकारण यो प्लेटफर्मलाई प्रयोग गरेर कसैमाथि उत्पीडन भएको भए आवाज उठाउन आग्रह गर्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिद-करिनाको तारिफ गर्दै इम्तियाजले भने, ‘ब्रेकअपपछि पनि दुवैले व्यावसायिक भएर काम गरे’
-
कोशीमा बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई पुनः अनुरोध गर्ने निर्णय
-
कर्णाली : बजेट थप गरी कार्यान्वयन गर्ने भनिएका ५७४ टुक्रे योजना अलपत्र
-
जसपाले गठबन्धनको विकल्प खोजेको छैन, सरकारमा रहेका केही दलले भ्रम छरे : उपेन्द्र यादव
-
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’
-
डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउँदै