अस्ट्रेलियाको भयङ्कर डढेलोको धुवाँले पृथ्वीको ‘पूर्ण चक्कर’ पूरा गर्न लागेको नासाको भनाइ
एजेन्सी । नासाका अनुसार अस्ट्रेलियाको भयङ्कर डढेलोको धुवाँले चाँडै पृथ्वीको एक चक्कर पूरा गरेर पुुनः अस्टे«लिया पुग्न लागेको छ ।
अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रभरी महिनौँदेखि जारी डढेलोले भीषण रूप लिँदा त्यसको धुवाँ प्रशान्त महासागरको आकास हुँदै अघि बढेको थियो ।
नासाका अनुसार अस्ट्रेलियाबाट निस्किएको धुवाँ दक्षिण अमेरिकाको आकासमा पुगिसकेको छ जसले गर्दा त्यस क्षेत्रको आकास अहिले कुहिरीमण्डल छ ।
नासाका अनुसार जनवरी ८ भित्रै धुवाँ पृथ्वीको आधा भाग पुगिसकेको थियो ।
‘अस्ट्रेलियाको धुवाँले विश्वको कम्तीमा एक चक्कर लगाउने आँकलन छ,’ अमेरिकाको सरकारी अन्तरिक्ष एजेन्सीले बतायो ।
अस्ट्रेलियाका डढेलोमा हालसम्म २८ व्यक्तिको मृत्यु भइसकेको छ भने २ हजारभन्दा बढी घर नष्ट भएका छन् ।
विज्ञका अनुसार जलवायु परिवर्तनका कारण डढेलोको स्तर र तीव्रता बढेको छ ।
धुवाँले कसरी विश्वको चक्कर लगायो ?
नासाका अनुसार पछिल्लो डढेलोको ज्वाला यति ठूलो थियो कि त्यसको ‘असाधारण ठूलो’ ज्वालाले मेघयुक्त आँधी सिर्जित गरायो ।
यसले धुवाँलाई वायुमण्डलको माथिल्लो भाग ‘स्ट्राटोस्फेयर’ सम्म पुर्यायो । केही त १७.७ किमिको उचाइसम्म माथि पुगेको थियो ।
‘स्ट्राटोस्फेयर पुगेका धुवाँ हजारौँ किमि टाढासम्म यात्रा गर्न सक्छन् । यसले विश्वभरको वायुमण्डलीय अवस्थालाई असर पुर्याउन सक्छ,’ नासाले बतायो ।
नासा अहिले त्यस उचाइमा पुगेको धुवाँले ‘वायुमण्डलमा पुर्याउने ठण्डा वा न्यायो असरबारे निश्चित गर्न’ अध्ययन गरिरहेको छ ।
अस्ट्रेलियाको पूर्वी क्षेत्रमा अझै पनि सयभन्दा धेरै स्थानमा डढेलो लागिरहेको छ । तथापि पछिल्लो केही दिनमा बढेको चिसो र वर्षाको पूर्वानुमानमाझ अग्नि नियन्त्रणको प्रयासमा आशा बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण