बालुवाटारस्थित ललिता निवासको जग्गामा पनि शंकास्पद वस्तु भेटियो
बुधबार, ०१ माघ २०७६, २३ : ४१
१
काठमाडौं । बालुवाटारस्थित विवादित ललिता निवासको जग्गामा शंकास्पद वस्तु भेटिएको छ । बुधबार राती विवादित जग्गामा बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।
शंकाष्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको जनाइएको छ ।
बुधबारै प्रतिबन्धित नेकपा विप्लव समूहले ललिता निवासको ११५ रोपनी जग्गा कब्जाको घोषणा गरेको थियो भने सो जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको थियो । काठमाडौंको ढुंगेधारास्थित नर्सरी चोकमा रहेको ढकालको घरमा बम विस्फोट भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण