संसारकै लामो केक, जसकाे लम्बाई नै ६५०० मिटर छ
गत बुधबार विश्वकै सबैभन्दा लामो केक भारतको केरलामा बनाएर नयाँ विश्व रेकर्ड कायम भएको छ । १५ सय जना वेकर र सेफ हरु मिलेर ४ घण्टाको समय लगाएर बनाएको उक्त केक ६.५ किलोमटिर लामो छ । यो केकको निर्माणसँगै यसअघि चीनले राखेको ३.२ किलोमिटर लामो फ्रुट केकको रेकर्ड पनि तोडिएको छ ।
उक्त केक हज्जारौं टेबल र डेस्कहरु जोडेर त्यसमाथि बनाइएको थियो । त्यस दौरानमा वेकर र सेफहरुले सेतो टी सर्ट र एप्रोन लगाएका थिए । त्यो कके बनाउनका लागि करिब १२ हजार किलोग्राम शक्कर र आटा प्रयोग भएको थियो ।
वैकर्स एसोसिएसन केरलाले सो केक बनाएको हो । एसोसिएसनका सचिव नौसादका अनुसार गिनीज वल्र्ड रेकर्डस्ले त्यो केक नाप्दा त्यसको लम्बाई करिब ६५०० मिटर लामो थियो । अहिलेसम्म गिनीजले त्यसलाई आधिकारिक रुपमा प्रमाणित चाहिँ गरिसकेको छैन ।
नौसादले गिनीजले त्यो कुरालाई प्रमाणित गर्दै चाँडै प्रमाणत्र दिने आशा राखेका छन् । उनले विश्वलाई आफूहरुको कौशल देखाउन सो केक बनाइएको र त्यो बनाउने क्रममा स्वाद, गुणस्तर र सरसफाइलाई पूरै ख्याल गरिएको पनि बताएका छन् ।
स्मरण रहोस्, सन् २०१८ मा चीनका बेकर इन जिझीले ३.२ किलोमिटर लामो केक बनाएर संसारकै सबैभन्दा ठूलो केकको उपाधि हासिल गरेका थिए ।
Photo: https://www.bhaskar.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण