धोनी बीसीआईको करारबाट ‘आउट’
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले नयाँ वर्षको करारमा २७ खेलाडीलाई सामेल गरेको छ । यसमा पूर्व कप्तान महेन्द्र सिंह धोनीको नाम छैन ।
बीसीसीआईले हरेक वर्ष खेलाडीहरुको करार घोषणा गर्दछ । यो करार अक्टोबर २०१९ देखि सेप्टेम्बर २०२० सम्म लागू हुन्छ ।
बीसीसीआईले यस सूचीमा २७ खेलाडी सामेल गरेको छ । तर, यसमा धोनीको नाम भने गायब छ ।
बीसीसीआईले ए प्लस, ए, बी र सी गरेर चार ग्रेडमा खेलाडीहरु विभाजन गरेको छ ।
ए प्लस करारमा तीन खेलाडी सामेल छन् । जसमा कप्तान विराट कोहली, रोहित शर्मा र जसप्रित बुमराह रहेका छन् । यस करारमा खेलाडीहरुले वार्षिक ७ करोड भारु प्राप्त गर्छन् ।
ए ग्रेड करारमा ११ खेलाडी सामेल छन् । जसमा रविचन्द्रन अश्विन, रवीन्द्र जडेजा, भुवनेश्वर कुमार, चेतेश्वर पुजारा, अजिंक्या रहाणे, केएल राहुल, शिखर धवन, मोहम्मद शामी, ईशान्त शर्मा, कुलदीप यादव र रिषभ पन्छ रहेका छन् । यस करारमा खेलाडीहरुले वार्षिक ५ करोड भारु प्राप्त गर्छन् ।
बी ग्रेड करारमा ५ खेलाडी सामेल छन् । जसमा रिद्धिमान साहा, उमेश यादव युजवेन्द्र चहल, हार्दिक पान्ड्या र मयङ्क अग्रवाल रहेका छन् । यस करारमा खेलाडीहरुले वार्षिक ३ करोड भारु प्राप्त गर्छन् ।
सी ग्रेड करारमा ८ खेलाडी सामेल छन् । जसमा केदार जाधव, नवदीप सैनी, दीपक चाहर, मनीष पाण्डे, हनुमा विहारी, शार्दुल ठाकुर, श्रेयस अय्यर र वासिङ्टन सुन्दर रहेका छन् । यस करारमा खेलाडीहरुले वार्षिक १ करोड भारु प्राप्त गर्छन् ।
धोनीको करियर खत्तम ?
करारमा सामेल भएसँगै धोनीको टीम इन्डियासँगको इनिङ समाप्त भएको छ । तर, जानकारहरु भने धोनी फेरि टीम इन्डियाको हिस्सा हुँदैनन् भनेर भन्न नसके पनि उनी टोलीको दीर्घकालिन योजनामा सामेल छैनन् ।
धोनी एक मात्र कप्तान हुन् जसले आफ्नो कप्तानीमा भारतलाई आईसीसीको तीनै ट्रफी दिलाएका थिए । यसमा सन् २००७ को टी–२० विश्वकप, सन् २०११ को विश्वकप र आईसीसी च्याम्पियन्स ट्रफी रहेको छ ।
धोनीले आफ्नो अन्तर्राष्ट्रिय करियरमा ९० टेस्ट म्याच खेल्दै ४ हजार ८ सय ७६ रन बनाए । उनले यसक्रममा ६ शतक र ३३ अर्धशतक बनाए ।
एकदिवसीयमा धोनीले ३५० खेलमा ५० भन्दा बढीको औसतले १० हजार ७७३ रन बनाए । यसमा १० शतक र ७३ अर्धशतक सामेल छन् ।
टी–२० मा धोनीले ९८ खेलमा १ हजार ६१७ रन बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण