गुल्मीको धुर्कोट र तनहुँको बन्दीपुर गाउँपालिकाबीच जोडियो भगीनी सम्बन्ध
बुटवल । भ्रमण वर्ष २०२० को अवसरमा गुल्मीको धुर्कोट गाउँपालिका र तनहुँको बन्दीपुर गाउँपालिकाले मितेरी (भगीनी सम्बन्ध)साइनो जोडेका छन् । यी दुई पालिकाबीच पर्यटन प्रवद्र्धन र होमस्टे सञ्चालन गर्दै आ–आफ्नो स्थानीय उत्पादन समेत आदनप्रदान गर्ने उद्देश्यले मितेरी साइनो जोडिएको बन्दीपुर भ्रमणमा पुगेका धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए ।
‘पुस २९ गतेदेखि पहाडकी रानी उपनामले चिनिने प्राकृतिक सौन्दर्यले भरिपूर्ण बन्दीपुर भ्रमणमा गई आज फर्किदैछौं’– धुर्कोट गाउँपालिका अध्यक्ष पोखरेलले भने– ‘बन्दीपुरको वर्णन गरेर छोटो शब्दमा सकिँदैन ।’ उनले बन्दीपुरको बसाई अविस्मरणीय रहेको बताए ।
उपाध्यक्ष शिवबहादुर खत्रीले बन्दीपुरको डुम्रे, थामीमाई, प्यारगलाईडिङ्ग क्षेत्र,आँधीमुल र बाख्रापालन अनुसन्धान केन्द्र लगायतका स्थानको अवलोकन सँधै मानसपटदमा रही रहने बताए । ४२ जना जनप्रतिनिधि र कर्मचारीहरु त्यहाँ पुगेर होमस्टे सञ्चालन लगायतको अनुभाव आदनप्रदान गरेको टोलीले जनाएको छ ।
यी दुई गाउँपालिकाले आपसी अनुभव साटेर गाउँपालिकाभित्र रोजगारी सिर्जना गर्ने सहमति समेत गरेका छन् । तरकारी र कफी खेतीमार्फत किसानलाई समृद्ध बनाउने सहमति गरिएको धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थीले बताए ।
धुर्कोट गाउँपालिकाले बन्दीपुर गाउँपालिकालाई कफी कोसेली लगेर त्यहाँका गाउँपालिका अध्यक्ष पूर्णसिंह थापालाई हस्तान्तरण गरेको छ । यसअघि बन्दीपुर, धुर्कोट र बाग्लुङ्गको ताराखोला गाउँपालिकाबीच भगीनी सम्बन्ध स्थापित गर्ने सहमति भएको थियो ।
सोहीअनुरुप तीन गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच ताराखोलामा भेट भएको थियो । अब धुर्कोटले फागुन महिनामा ती गाउँपालिकालाई धुर्कोट निम्त्याउने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण