मत चोरिने डरले राजपा नेपालका मतदातालाई ह्वीप जारी
काठमाडौँ–राष्ट्रियसभा चुनावका लागि प्रदेश २ मा हुनसक्ने चलखेललाई रोक्न राष्ट्रिय जनता पार्टी नेपालले पार्टीका मतदातालाई राजपा–नेकपा गठबन्धनका उम्मेदवारलाई मत हाल्न ह्वीप जारी गरेको छ ।
शनिबार पार्टी कार्यालयमा बसेको राजपा अध्यक्षमण्डलको बैठकले त्यस्तो ह्वीप जारी गरेको हो । समाजवादी पार्टीले राजपा नेपालको मत आफ्नो पक्षमा पार्न प्रयास गरिरहेको समाचारहरु बाहिर आइरहेको बेला राजपा नेपालले त्यस्तो निर्णय गरेको हो ।
राष्ट्रियसभा चुनावमा काँग्रेससँग चुनावी गठबन्धन गरेको समाजवादी पार्टीले प्रदेश २ का राष्ट्रिय सभाका उम्मेदारलाई जसरी पनि जिताउने प्रतिवद्धता जारी गरेपछि राजपा नेपाल सर्तक बनेको छ । राजपा र नेकपाबाट कसरी मत तान्ने भन्नेबारे रणनीति बनाउन समाजवादी पार्टी लागेको छ । सो पार्टीले त्यसका लागि नेकपाका अध्यक्ष प्रचण्ड र राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरसँग पनि छलफल गरेको छ ।
समाजवादी पार्टीले आफ्ना गतिविधि तीब्र बनाएपछि राजपा नेपालले आज बैठकबाट नै ह्वीप लगाउने निर्णय गराएको हो ।
माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि राजपा र नेकपाबीच चुनावी तालमेल भएको थियो । राजपा नेपालको तर्फबाट अन्य समूहका उम्मेदवार मृगेन्द्रकुमार सिंह यादव र अल्पसँख्यक समूहका उम्मेदवार शेखर कुमार सिंह रहेका छन् भने नेकपाको तर्फबाट महिला समूहका उम्मेदवार तुलसा दाहाल र दलित समूहका उम्मेदवार राधेश्याम पासवान रहेका छन् ।
उनीहरुलाई आफ्नो अमूल्य मत दिइ गठबन्धनमा रहेका चारै उम्मेदारलाई विजय गराउन राजपा नेपालका मतदातालाई ह्वीप जारी गरिएको अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
