मत चोरिने डरले राजपा नेपालका मतदातालाई ह्वीप जारी

काठमाडौँ–राष्ट्रियसभा चुनावका लागि प्रदेश २ मा हुनसक्ने चलखेललाई रोक्न राष्ट्रिय जनता पार्टी नेपालले पार्टीका मतदातालाई राजपा–नेकपा गठबन्धनका उम्मेदवारलाई मत हाल्न ह्वीप जारी गरेको छ ।
शनिबार पार्टी कार्यालयमा बसेको राजपा अध्यक्षमण्डलको बैठकले त्यस्तो ह्वीप जारी गरेको हो । समाजवादी पार्टीले राजपा नेपालको मत आफ्नो पक्षमा पार्न प्रयास गरिरहेको समाचारहरु बाहिर आइरहेको बेला राजपा नेपालले त्यस्तो निर्णय गरेको हो ।
राष्ट्रियसभा चुनावमा काँग्रेससँग चुनावी गठबन्धन गरेको समाजवादी पार्टीले प्रदेश २ का राष्ट्रिय सभाका उम्मेदारलाई जसरी पनि जिताउने प्रतिवद्धता जारी गरेपछि राजपा नेपाल सर्तक बनेको छ । राजपा र नेकपाबाट कसरी मत तान्ने भन्नेबारे रणनीति बनाउन समाजवादी पार्टी लागेको छ । सो पार्टीले त्यसका लागि नेकपाका अध्यक्ष प्रचण्ड र राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरसँग पनि छलफल गरेको छ ।
समाजवादी पार्टीले आफ्ना गतिविधि तीब्र बनाएपछि राजपा नेपालले आज बैठकबाट नै ह्वीप लगाउने निर्णय गराएको हो ।
माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि राजपा र नेकपाबीच चुनावी तालमेल भएको थियो । राजपा नेपालको तर्फबाट अन्य समूहका उम्मेदवार मृगेन्द्रकुमार सिंह यादव र अल्पसँख्यक समूहका उम्मेदवार शेखर कुमार सिंह रहेका छन् भने नेकपाको तर्फबाट महिला समूहका उम्मेदवार तुलसा दाहाल र दलित समूहका उम्मेदवार राधेश्याम पासवान रहेका छन् ।
उनीहरुलाई आफ्नो अमूल्य मत दिइ गठबन्धनमा रहेका चारै उम्मेदारलाई विजय गराउन राजपा नेपालका मतदातालाई ह्वीप जारी गरिएको अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौथाइवाले ढुक्क भएर फर्किए स्वदेश, मुख्य चासो भारतको सुरक्षा
-
व्यवस्था बदलियो, अवस्था बदलिएन : उपेन्द्र यादव
-
महिला फुटबल टिमले महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ : मेयर लामा
-
सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक, त्यही अनुसार बजेट आउनुपर्छ : अध्यक्ष ढकाल
-
भौतिक पूर्वाधारको नीति तथा कार्यक्रम पुरानै निरन्तरता
-
नीति तथा कार्यक्रमबारे स्वर्णिम वाग्ले : थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम