अन्नपूर्ण घुम्न गएका ४ चिनियाँ पर्यटक मनाङमा हराए
पोखरा । अन्नपूर्ण पदयात्रामा हिँडेका चार चिनियाँ नागरिक सम्पर्कविहीन भएका छन् । थोरङ भन्ज्याङ हुँदै मुस्ताङ निस्कने क्रममा उनीहरु हिमपातको कारण मनाङमा हराएको प्रहरीले जनाएको छ ।
‘बिहीबारदेखि परेको हिमपातका कारण सम्पर्क बाहिर हुनुहुन्छ,’ गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दीपक रेग्मीले भने, ‘मनाङ निस्याङ गाउँपालिका ९ स्थित अन्नपूर्ण संरक्षण क्षेत्र (क्याप) चेकपोस्टमा पुस २७ गते अनुमति लिएर जानु भएको थियो ।’ मनाङदेखि निस्केका उनीहरु थोरङ भन्ज्याङ भने नकटेको प्रहरीको अनुमान छ ।
हराउँनेमा २ महिला र २ पुरुष छन् । हराएका ४ पर्यटकमध्ये पासपोर्ट नम्बर ईजी ११२९६२ भएकी ह्वाङ यिविन र ईओ ५२५६४८० पासपोर्ट नम्बरकी छाथ स्याउ थिङ हुन् । यिनीहरु दुवै महिला हुन् । त्यसैगरी ईसी ३४६७१० पासपोर्ट नम्बरका मा छ्यानली र ई ६६८७००५ पासपोर्ट नम्बरका आनत चात रहेको प्रहरीले बताएको छ ।
उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण