सिन्धुपाल्चोकको बाह्रविसेमा निषेधाज्ञा जारी
जिल्ला प्रशासान कार्यालय सिन्धुपाल्चोकले जिल्लाको बाह्रविसे नगरपालिकाका केही स्थानमा आइतबारका लागि निषेधाज्ञा जारी गरेको छ ।
शुक्रबार बाह्रविसे नगरपालिका वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काएपछि स्थानीयहरु विरोधमा उत्रिएका छन् ।
विरोधमा उत्रिएका स्थानीयहरुले शनिबार बजार क्षेत्रमा नारा जुलुस गरी नगरपालिकाको कार्यालयमा तालाबन्दी एवं केही गमला समेत तोडफोड गरेकाले यस्तो आदेश दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डीएसपी माधव प्रसाद काफ्लेले बताए ।
जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को (३क) बमोजिम उक्त आदेश जारी गरेको बताएको छ ।
आइतबार विहान ८ बजे देखि बेलुका ५ बजे सम्म अर्को व्यवस्था नभएसम्मका लागि उल्लेखित चार किल्ला भित्र हुलदङ्गा वा अशान्ति गर्ने उदेश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस भेला जम्मा हुन नपाउने गरी आदेश जारी गरिएको आदेशअनुसार पूर्वमा बाह्रविसे बजारबाट ३ सय मिटर पूर्व, पश्चिमा भोटेकोशी खोला (पुल राम्चे), उत्तरमा ईलाका प्रहरी कार्यालय, बाह्रविसे न.पा. ४, दक्षिणमा बाह्रविसे बजारबाट पिस्कर र क्षमादेवी जानेबाटोको सुनकोशी चोक उल्लेख गरिएको डीएसी काफ्लेले जाकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण