छाउपडी प्रथा अन्त्य गर्नुपर्छ: मन्त्री गुरुङ
डोटी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सुदूरपश्चिममा व्याप्त छाउपडी प्रथा अन्त्य गर्नुपर्ने बताएका छन् ।
छाउपडी प्रथाको अवस्थाबारे बुझ्न सुदूरपश्चिम प्रदेशको भ्रमण गर्ने क्रममा यहाँ पुगेका उनले छाउपडी प्रथाका कारण सुदूरपश्चिमको सान घट्दै गएकाले आफ्नो सान उच्च राख्न भए पनि सबै मिलेर छाउपडी अन्त्य गर्नुपर्ने बताए । सञ्चारकर्मीसँग आज संक्षिप्त कुरा गर्दै मन्त्री गुरुङले भने, ‘छाउपडी प्रथाकाकै कारण कयौँ महिला दिदीबहिनीको अकालमै ज्यान गइसकेको छ, ज्यान जाने प्रथा किन मान्ने ?’
उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित हुने बताए । उनले भने, ‘एमसीसी नेपाल र नेपालीको हितमा छ, अनावश्यक विवाद गर्नु जरुरी छैन् ।’ एमसीसीबारे बहस हुनु राम्रो भए पनि विवाद देखाउनु अनुचित भएको उनको भनाइ थियो । मन्त्री गुरुङ छाउपडी प्रथाको बारेमा बुझ्न आजै अछाम गएका छन् । उनको साथमा सांसद प्रेमबहादुर आलेमगरसहितको टोली रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीमा नयाँ सरकार गठनविरुद्धको रिट सर्वोच्चमा दर्ता
-
गण्डकीमा बहुवर्षे योजनाको चाप, सरकारै पिच्छे थपिन्छन् अर्बौंका दायित्व
-
कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ ५ बजे, को–को बन्दैछन् मन्त्री ?
-
लुम्बिनी प्रदेशमा झण्डै ३० अर्बको बजेट आउने अनुमान
-
हैदराबादले लखनउलाई हराउँदा कुन-कुन रेकर्ड तोडियो ?
-
अर्थतन्त्र चलायमान बनाउने गरी बजेट ल्याउन निजी क्षेत्रको सुझाव