छाउपडी प्रथा अन्त्य गर्नुपर्छ: मन्त्री गुरुङ
डोटी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सुदूरपश्चिममा व्याप्त छाउपडी प्रथा अन्त्य गर्नुपर्ने बताएका छन् ।
छाउपडी प्रथाको अवस्थाबारे बुझ्न सुदूरपश्चिम प्रदेशको भ्रमण गर्ने क्रममा यहाँ पुगेका उनले छाउपडी प्रथाका कारण सुदूरपश्चिमको सान घट्दै गएकाले आफ्नो सान उच्च राख्न भए पनि सबै मिलेर छाउपडी अन्त्य गर्नुपर्ने बताए । सञ्चारकर्मीसँग आज संक्षिप्त कुरा गर्दै मन्त्री गुरुङले भने, ‘छाउपडी प्रथाकाकै कारण कयौँ महिला दिदीबहिनीको अकालमै ज्यान गइसकेको छ, ज्यान जाने प्रथा किन मान्ने ?’
उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित हुने बताए । उनले भने, ‘एमसीसी नेपाल र नेपालीको हितमा छ, अनावश्यक विवाद गर्नु जरुरी छैन् ।’ एमसीसीबारे बहस हुनु राम्रो भए पनि विवाद देखाउनु अनुचित भएको उनको भनाइ थियो । मन्त्री गुरुङ छाउपडी प्रथाको बारेमा बुझ्न आजै अछाम गएका छन् । उनको साथमा सांसद प्रेमबहादुर आलेमगरसहितको टोली रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण