राष्ट्रियसभा निर्वाचन: प्रदेश नं ५ मा ३०५ मतदाता
आइतबार, ०५ माघ २०७६, १८ : ०२
दाङ । जिल्ला निर्वाचन कार्यालय दाङले प्रदेश नं ५ मा यही माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा तीन पदका लागि ३०५ जना मतदाता रहेको जानकारी दिएको छ । कार्यालयले आज घोराहीमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाजलगायत सरोकारवालासँग निर्वाचनका बारेमा जानकारी दिएको हो ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले प्रदेशसभा सदस्य ८७ र स्थानीय तह प्रमुख र उपप्रमुख गरी २१८ मतदाता रहेको जानकारी दिए ।
उनका अनुसार निर्वाचनमा प्रदेशसभा ८७ सदस्यको ४१७६ मतभार रहेको छ भने स्थानीय तहका प्रमुख र उपप्रमुख २१८ जनाको ३९२४ रहेको छ । राष्ट्रिय सभाको निर्वाचनका लागि दाङमा दुई मतदान केन्द्र स्थापना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण