लेबनानमा भएको आन्दोलनमा चार सय घाइते
एजेन्सी । लेबनानको राजधानी बेरुतमा भएको आन्दोलनका क्रममा शनिबार करिब ४ सय जना घाइते भएका छन् । सरकार विरोधी आन्दोलनकारी र सरकारी सुरक्षाकर्मीहरुका बीचमा भएको झडपमा परी उनीहरु घाइते भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन् ।
आन्दोलन सुरु भएदेखि अहिलेसम्ममा यो नै एकैचोटी सवैभन्दा धेरै घाइते भएका घटना भएको उनीहरुले बताएका छन् । रेडक्रस र नागरिक रक्षाका अधिकारीहरुले आन्दोलनका क्रममा ३ सय ७७ जना घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार गरिएको जनाएका छन् ।
आन्दोलन दबाउनका लागि प्रहरीले अन्दोलनकारीलाई लक्षित गरेर पानीको फोहोरा र अश्रुग्याँस प्रहार गर्नुका साथै लाठिचार्ज समेत गरेको थियो । सुरक्षाकर्मीहरुले हस्तक्षेप गरेपछि आन्दोलनकारीले पनि सुरक्षाकर्मीविरुद्ध प्रहार गरेका थिए । दुवै पक्षका बीचमा झडप हुदाँ उनीहरु घाइते भएका हुन् ।
घाइते हुनेमा अधिकांश आन्दोलनकारी रहेका छन् भने केही सुरक्षाकर्मी पनि रहेका छन् । वर्तमान सरकार हटाउन, भ्रष्टाचार नियन्त्रण गर्न, सार्वजनिक सेवा प्रभावकारी गराउनलगायतका माग गर्दै लेबनानमा केही समयदेखि आन्दोलन हुदै आएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण