प्रधानमन्त्रीद्वारा प्रदेशसभा सदस्य र पूर्व नगर प्रमुखको निधनमा दुःख व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ का प्रदेशसभा सदस्य तथा नेपाली काँग्रेसका नेता बलदेव पोखरेलको निधन भएको खबरले आफूलाई अत्यन्त दुःख लागेको जनाएका छन्
प्रधानमन्त्री ओलीले आज शोक विज्ञप्ति जारी गरी उनीप्रति श्रद्धासुमन व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गरे । फोक्सोको क्यानसरबाट पीडित पोखरेल प्रदेशसभामा ज्येष्ठ सदस्य तथा प्रमुख विपक्षी दलको नेता समेत थिए । प्रधानमन्त्री ओलीले रुपन्देहीमा नेपाली काँग्रेसको प्रतिबद्ध नेताको छवि बनाएका पोखरेलले समाज र राजनीतिमा पु-याउनुभएको सकारात्मक योगदानको स्मरण पनि गरे
यसैगरी, प्रधानमन्त्री ओलीले तत्कालीन धरान नगरपालिकाका पूर्वप्रमुख ध्यानबहादुर राईको निधन भएकामा श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
न्याय, समानता, स्वतन्त्रता र समाजको परिवर्तनका लागि कम्युनिष्ट आन्दोलनमा समाहित हुँदै राजनीतिमा होमिनुभएका राई २०४९ सालमा तत्कालीन नेकपा (एमाले)का तर्फबाट नगर प्रमुखमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी, पाल प्रथम
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण