दीपिकाको सबैभन्दा कमजोर फिल्ममध्येको एक बन्यो छपाक, १० दिनमा ३२ करोड कमाई
दीपिका पादुकोण स्टारर फिल्म छपाक १० दिनमा नै अस्विकृत भएको छ । १० जनवरीपछि कुनै ठूला फिल्म रिलिज नहुँदासमेत फिल्मले दर्शक जुटाउन सकेन र भारतमा यसको व्यापार आइतबारसम्म ३२.४८ करोड भारु पुगेको छ ।
यसको जानकारी ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीटर अकाउन्टमा दिँदै लेखेका छन्, ‘छपाक अस्विकृत भएको छ ।’ दोस्रो विकेन्डको शोमा दर्शकबीच कुनै उत्साह देखिएन । फिल्मले शुक्रबार ९५ लाख, शनिबार १.४० करोड र आइतबार १.७५ करोड भारु सहित अहिलेसम्म कूल ३२.४८ करोडको व्यापार गरेको छ ।
दीपिकाको सबैभन्दा फ्लप फिल्ममध्येको एकः
छपाक फिल्म दीपिका पादुकोणको करियरको सबैभन्दा फ्लप फिल्ममध्येको एक भयो । सन् २०१५ मा रिलिज भएको तमाशापछि छपाक उनको करियरको दोस्रो फ्लप फिल्म रह्यो । सन् २०१५ मा रिलिज भएको बाजीराव मस्तानी र सन् २०१८ मा रिलिज भएको पद्मावत सुपरहिट भएको थियो तर छपाकले दीपिकाको करियर ग्राफ बिगारिदिएको छ । यतिमात्रै होइन दीपिका यो फिल्मकी सह–निर्माता थिइन् र उनले यसमा १२ करोड लगानी गरेकी थिइन् जसमा उनलाई घाटा लाग्यो । दीपिकाले आफ्नो करियरमा अहिलेसम्म २३ वटा फिल्ममा काम गरेकी छिन् जसमध्ये छपाकसहित १० वटा फिल्म फ्लप भए ।
तान्हाजीः द अनसंग वारियर हिट भयो
छपाकले अजय देवगनको फिल्म तान्हाजीः द अनसंग वारियरका कारण पनि क्षती व्यवहोर्नुपरेको हो । १० जनवरीमा नै रिलिज भएको तान्हाजीले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्दै १० दिनमा भारु १६० करोडको व्यापार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण