दीपिकाको टिकटकः कंगनाले भनिन्, ‘माफी माग’
एसिड आक्रमणजस्तो संवेदनशील मुद्दामा बनेको दीपिका पादुकोणको फिल्म ‘छपाक’ ले बक्स अफिसमा कमाल देखाउन सकेन भने फिल्मबाट विवादको अलग्गिन सकेको छैन । सोसल मिडियामा दीपिका पादुकोणको एउटा टिकटक भिडियो भाइरल भएको छ जसमा उनी एक मेकअप आर्टिस्टलाई छपाक लुक बनाउन भनिरहेकी छिन् । यस्तो गरेकोमा अब कंगना रनौतले यसलाई असंवेदनशील बताउँदै दीपिकालाई माफी माग्न भनेकी छिन् ।
भिडियोबाट आहत भएकी कंगना रनौतले अन्तर्वार्तामा भनेकी छिन्, ‘मेरी दिदी एसिड आक्रमणमा परेकी थिइन् र म दीपिका पादुकोणको यो भिडियोबाट निकै आहत भएकी छु । ’
कंगना रनौतले थपेकी छिन्, ‘यो निकै असंवेदनशील भिडियो थियो र दीपिका पादुकोणले यो कुनै न कुनै कारणसहित नै बनाएको हुनुपर्ने आशा व्यक्त गरेकी छिन् ।’
This is really disrespectful to acid attack victims, @deepikapadukone. How disgustingly low are you going to stoop to promote yourself? pic.twitter.com/zP9MAcRFNT
— Ishita Yadav (@IshitaYadav) January 18, 2020
गल्ती मानिसबाटै हुन्छः
कंगना रनौतले भनेकी छिन्, ‘तपाईंको मार्केटिङ टीमले लगातार फिल्मको प्रोमोशनका लागि यस्ता आइडिया लिएर आउँछन् जसका कारण तपाईंले नचाहँदा नचाहँदै पनि केही असंवेदनशील क्रियाकलाप गर्नुहुन्छ । यो कुनै मेकअप लुक होइन र कसैले यस्तो प्रकारको ‘लुक’ पाउने कोसिस गर्नुहुँदैन । मलाई लाग्छ कि यस्तो असंवेदनशीलताका लागि उनले माफी माग्नुपर्छ किनभने गल्ती मानिसबाटै हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण