प्रधामन्त्रीका कारण विवादित बन्दै पर्यटन बोर्डको सीईओ चयन प्रक्रिया
नेपाल पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का बारेमा प्रधानमन्त्री र पर्यटनमन्त्रीबीच मतभिन्नता हुँदा सीईओ चयन प्रक्रिया विवादित बन्नुका साथै लम्बिन पुगेको छ ।
पर्यटन बोर्डको आइतबार साँझको बैठकमा नयाँ सिईओको नाम सिफारिस गर्ने बताइए पनि अर्को सूचना नआएसम्म स्थगित गरिएको छ । बोर्डका तत्कालीन सीईओ दीपकराज जोशीको कार्यकाल पुसको दोस्रो साता सकिएपछि नयाँ प्रमुख नियुक्त गर्न बोर्डका सदस्य विप्लव पौडेलको संयोजकत्वमा पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यय र बोर्डका अर्का सदस्य कृष्णबहादुर महरा सम्मिलित उपसमिति बनाइएको थियो ।
सो उपसमितिले डा धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐरको नाम सिफारिस गरेको छ । पर्यटनमन्त्रीले डा रेग्मीलाई नियुक्त गर्ने योजनामा बनाएकोमा प्रधानमन्त्री कार्यालय सकारात्मक नहुँदा सीईओ नियुक्ति तत्काल अगाडि बढाउन रोकिएको सदस्यहरुकै आरोप छ । यो समाचार आजको आर्थिक अभियानमा टीपी भुसालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्रलाई प्रदेश सांसदले भनेः कर्णालीबाट संघमा हुने सांसदहरूले केही पनि योगदान गरेनन्
-
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा विशेष अदालतबाट दोषी ठहर
-
टेरामक्स खरिद प्रकरणः पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ
-
राक्सिराङले ल्यायो ६५ करोड ३१ लाखको बजेट
-
१० वर्षीय बालक हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ
-
ब्राजिललाई भारी परे हालान्ड, स्पेन र पोर्चुगलमा कुन बलियो ? (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण