राष्ट्रियसभा निर्वाचन: मतदाता प्रदेश राजधानी आउँदै
सुर्खेत । बिहीबार हुने राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहका प्रमुख÷उपप्रमुख प्रदेश राजधानी सुर्खेत आउने क्रम शुरु भइसकेको छ । निर्वाचन आयोगले कर्णाली प्रदेशको मतदानस्थल वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा तोकेपछि ७९ वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख आउने क्रम शुरु भएको छ । कर्णालीका कतिपय जिल्लाबाट मङ्गलबार नै प्रमुख÷उपप्रमुख वीरेन्द्रनगर आइसकेका छन् ।
कर्णालीबाट राष्ट्रियसभाका लागि रिक्त महिला एक र अन्य समूहको एक गरी दुई पदका लागि भोलि निर्वाचन हुँदैछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मायाप्रसाद शर्मा र सुमित्रा बिसी तथा नेपाली काँगे्रसले डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतलाई उम्मेदवार बनाएका छन् ।
नेकपाले आज प्रदेश पार्टी कार्यालयमा भेला बोलाएको छ । प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, १० वटै जिल्लाका जनप्रतिनिधि, जिल्ला इञ्चार्ज, सचिवलाई भेलामा बोलाइएको बताए । ‘मतदाता र उम्मेदवारबीच परिचयात्मक अन्तक्र्रियाका लागि भेला बोलाइएको हो,’ उनले भने, ‘अधिकांश मतदाता प्रतिनिधि आइसक्नुभएको छ, केही आजै आइपुग्नुहुन्छ ।’ काँगे्रसले भने मतदातासँग समन्वय गर्ने जिम्मेवारी सम्बन्धित जिल्लाका सभापतिलाई दिएको छ ।
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख मतदाता मण्डल हुन् । कर्णालीमा ४० जना प्रदेशसभा सदस्य तथा १५८ स्थानीय तहका प्रमुख÷उपप्रमुख छन् । नेकपाले ४० मध्ये ३३ प्रदेशसभा सदस्य र १५८ मध्ये ५३ स्थानीय तह जितेको छ । मतभार निकै फरक अन्तर भएकाले कर्णालीमा पनि नेकपाका उम्मेदवार मतदाता, पार्टी नेता तथा कार्यकर्तासँग भेटघाटमा व्यस्त छन् ।
यहाँ नेकपाको कूल मत तीन हजार ५६४ तथा काँगे्रसको ९९० मतभार रहेको छ । राप्रपाको ६६ र स्वतन्त्रको १०८ मतभार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण