घुससहित वन कार्यालयका प्रमुख पक्राउ
बुधबार, ०८ माघ २०७६, १४ : १७
बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले रुपन्देहीको सैनामैनास्थित सब डिभिजन वन कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ ।
कार्यालय प्रमुख श्रेष्ठले घर बनाउने सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि ५ हजार रुपैयाँ घुस लिदै गरेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार बुटवल कार्यलयका प्रवक्ता सुरेश भुसालले जानकारी रातोपाटीलाई जानकारी दिए ।
प्रमुख श्रेष्ठलाई बुटवल उपमहानगरपालिको बार्ड १४ नयाँ गाउँबाट नियन्त्रणमा लिइएको घटनाको थप अहिले अनुसन्धान भइरहेको प्रवक्ता भुषालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी लिगको उपाधि अल हिलाललाई
-
गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण
-
उपेन्द्र यादव र अशोक राईबिच कार्यकर्ता तानातान
-
सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरप्रति नेता चन्द्र भण्डारीको पोस्टले उब्जाएका प्रश्नहरू
-
प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५ घडियाल नारायणीमा छाडियो
-
एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज