प्रदेश दुईमा राष्ट्रियसभाको निर्वाचन सुरु, मुख्यमन्त्री राउतले गरे मतदान
जनकपुरधाम । राष्ट्रियसभाको चार सीटका लागि प्रदेश दुईमा मतदान सुरु भएको छ ।
प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवनमा राष्ट्रियसभाको निर्वाचन सुरु भएको हो । प्रदेश दुईको मुख्यमन्त्री लालबाबु राउतले सबैभन्दा पहिले मतदान गरेपछि मतदान प्रकृया शुरु भएको हो ।
प्रदेश दुईका प्रदेशसभा सदस्य र पालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुका लागि सोही भवनमा दुईवटा मतदान केन्द्र तोकिएको छ । प्रदेशसभा सदस्य १ सय ७ जना र स्थानीय तहका नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष २ सय ७२ जना गरी कूल ३ सय ७९ जना मतदाताले मतदान गर्नेछन् ।
बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म चल्ने छ ।
दुबै मतदान केन्द्रका लागि मतदान अधिकृत अतिरिक्त ८ जना कर्मचारी खटाइएको निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिएका छन् ।
प्रदेश दुईमा राष्ट्रियसभा सदस्यको चार पदका लागि हुन गइरहेको निर्वाचनमा आठ उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
सो निर्वाचनमा महिला समूह अन्तर्गत एक पदका लागि नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट तुलसाकुमारी दाहाल र नेपाली काँग्रेसको तर्फबाट नगिना यादव चुनावी प्रतिस्पर्धामा रहेका छन् भने दलित तर्फ नेपाल कम्युनिष्ट पार्टीका राधेश्याम पासवान र समाजवादी पार्टीका रामपृत पासवान प्रतिष्पर्धामा छन् ।
त्यस्तै,अल्पसंख्यक समूह अन्तर्गत नेपाली काँग्रेसबाट भोला पञ्जियार र राजपाबाट शेखरकुमार सिंह प्रतिस्पर्धामा रहेका छन् भने अन्य समूहतर्फ समाजवादीका अनिरुद्धकुमार सिंह र राजपाका मृगेन्द्रकुमार सिंह चुनावी मैदानमा छन ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण