आर्मीलाई एनआरटीको चुनौती
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको आठौं चरणको अन्तिम खेल आज (शनिबार) दशरथ रंगशालामा हुँदैछ । पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेको आर्मी र एनआरटी क्लब भिड्दैछन् । दिउँसो १२ः०० बजे हुने खेलमा आर्मी स्पस्ट जित निकाल्दै शीर्ष स्थान थप बलियो बनाउले लक्ष्यमा छ ।
यसपटक एनआरटी पनि राम्रो लयमा देखिएको छ । त्यसैले आर्मीलाई एनआरटी पन्छाउनु ठूलो चुनौती हुनेछ । एनआरटी आर्मीलाई हराएर लिगमा सम्मान जनक स्थान ओगट्ने तयारीमा छ । शीर्ष स्थानमा रहेको आर्मीको अहिले १६ अंक छ । एनआरटी ११ अंक सहित छैटौं स्थानमा छ । अघिल्लो बर्ष लिगको अन्तिममा रहेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले एनआरटीको दुई अंक घटुवा गरेको छ । गतबर्ष रेलिगेसन विनाको लिग गरिएको कारण एन्फाले अन्तिममा रहेका दुई टोलीको एक र दुई अंक घटाएको हो । एक अंक घट्नेमा यसपटक मच्छिन्द्र छ ।
अहिले लिगको उपाधि होडमा आर्मीसँगै समान १६ अंक बनाएको मच्छिन्द्र र मनाङ छन् । आर्मीले एनआरटीलाई हराएमा शीर्ष स्थानमा स्पस्ट तीन अंकको अग्रता लिनेछ । आजै दिउँसो ३ः०० बजे हुने अर्को खेलमा संकटा र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यसअघि सात खेलबाट नौ अंक बनाएको संकटा नवौं नै स्थानमा छ । आठ अंक बनाएको फ्रेन्ड्स ११औं स्थानमा छ । यी दुई टोली पनि एक अर्कालाई हराएर अंक तालिकामा सुधार गर्ने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण