टर्कीको पूर्वी भागमा शक्तिशाली भूकम्प, कम्तिमा २० को मृत्यु (अपडेट)
एजेन्सी । टर्कीको पूर्वी क्षेत्रमा रहेको एलाजिग क्षेत्रमा शुक्रबार ६.८ म्याग्निच्युटको भूकम्प गएको छ । भूकम्प कम घनत्वयुक्त क्षेत्रमा गएको भए पनि कम्तिमा २० को मृत्यु भएको समाचार छ ।
टर्कीस अधिकारीका अनुसार भूकम्पमा परेर ९०० घाइते छन् भने ३० व्यक्तिको भग्नावशेषमा फसिरहेका छन् ।
भूकम्प गएको क्षेत्रमा अत्यन्त चिसो मौसम रहेकाले भग्नावशेषमा फसेका मानिसलाई जिउदैं उद्दार गर्ने काम कठिन बन्दै गएको छ ।
उद्दारकर्मी दिनरात नभनी फसेका मानिसको खोजी गरिरहेका छन् । रक्षामन्त्री हुलुसी अकरले भूकम्पको सहयोगको लागि फौज तैनाथ अवस्थामा रहेको बताएका छन् ।
भूकम्पबाट घरबार नष्ट भएपछि सयौं मानिस बेघर भएका छन् । गृहमन्त्री सुलेमान सोयिलुले उद्दारकर्मीले भग्नावशेषमा फसेका कम्तिमा पनि ३० व्यक्तिलाई खोजेर सकेसम्म छिटो उद्दार गर्न खोजेको बताए ।
विपद तथा आकष्मिक व्यवस्थापन निकायका अनुसार भूकम्प गएको एलाजिग टर्कीको राजधानी अंकाराबाट ७५० किमी टाढा छ । स्थानीय समय अनुसार ८ः५५ मा आएको भूकम्पको केन्द्र जमिनभन्दा ६.७ किमी मुनि रहेको बताइएको छ ।
मुल भूकम्पपछि पनि ५.४ रेक्टर स्केलको भूकम्प र ५.१ रेक्टरका दुई परकम्प आएका थिए ।
टर्की भूकम्पीय रुपमा संवेदनशील क्षेत्रमा रहेकाले भूकम्प गइरहन्छ । यस अघि सन् २०१० मा एलाजिग सहरमै पनि ६ रेक्टर स्केलको भूकम्प आएको थियो जसमा ५१ को मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण