फेसन सेन्सका कारण ट्रोल भए रणवीर सिंहः सोधियो, ‘दीपिकाको कपडा लगायौ ?’
रणवीर सिंह आफ्नो अचम्मको फेशन सेन्सका लागि परिचित छन् । हालै रणवीरले आफ्नो इन्स्टाग्राम अकाउन्टमा केही तस्बिर पोष्ट गरेका छन् जसमा उनले पोल्का डट ब्ल्याक शर्ट, मल्टीकलर्ड ट्राउजर, गगल्स र शर्टसँग म्याचिङ पोल्का डट क्याप लगाएको देखिएका छन् ।
उनको यो तस्बिर सार्वजनिक हुने बित्तिकै सोसल मिडिया प्रयोगकर्ताले उनलाई ट्रोल गर्न सुरु गरे । केही प्रयोगकर्ताले रणवीरलाई दीपिकाको कवडा लगाएको हो भनेर प्रश्न सोधे भने कतिले उनको फेसन सेन्स पटक्कै मन नपरेको भनी कमेन्ट गरे । एकजना प्रयोगकर्ताले लेखे, ‘यो के गर्यौ ?’
सेलिब्रिटीले गरे तारिफः
रणबीरको लुक उनका प्रशंसकलाई त मन परेन तर उनका सेलिब्रिटी साथीहरुले भने उनको हिम्मतको मज्जाले तारिफ गरे । सोनू सूदले लेखे, ‘जीवनमा स्ट्राइप्स र डट्स नै महत्वपूर्ण हुन्छन्, भिन्न देखिन हिम्मत चाहिन्छ । ’
सेलिब्रिटी स्टाइलिस्ट नीरु रंधावाले लेखे, ‘मैले इमान्दारीतापूर्वक भन्ने हो भने यो आउटफिट निकै फेमिनिन छ तर तपाईं र तपाईंको कन्फिडेन्सको के कुरा गर्नु !’
राकेश ओम प्रकाश मेहराले लेखे, ‘वास्तविक रकस्टार !’
चर्चित कमेडियन गौरव गेराले लेखे, ‘के हो यो ? आशा पारेख जीले एउटा फिल्ममा लगाउनुभएको थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण