६ हजार धरौटीमा रिहा भए दिपक मनाङे
पोखरा । कुटपिट अभियोगमा पक्राउ परेका दिपक मनाङे रिहा भएका छन् । अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेको अभियोगमा पक्राउ परेका मनाङे ६ हजार धरौटीमा रिहा भएका हुन् । गण्डकी प्रदेशका सांसद समेत रहेका मनाङेबाट कुटिएका मिलनले माघ ८ गते जिल्ला प्रहरी कार्यालयमा कुटपिटको उजुरी दिएलगै ९ माघमा उनी पक्राउ परेका थिए ।
मनाङेमाथि प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको थियो । जिल्ला प्रशासन कार्यालयले आइतबार उनलाई ६ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । गण्डकी प्रदेशमा पहिलोपटक आयोजित ‘मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ को उद्घाटनपूर्व मनाङेले आयोजक एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई तीन झापड हानेका थिए । मनाङेले झापड हानेको पत्रकार सम्मेलन गरेर स्वीकार समेत गरेका थिए ।
मिलनले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीतको कसुर हुँदा निजलाई पक्राउ गरी प्रचलित कानुन अनुसार हदैसम्मको सजाय गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । मिलन पनि बैकिङ कसुरको ठगी सम्बन्धि मुद्दामा हिरासतमा छन् ।
उनलाई थप एकहप्ताका लागि थुनामा राख्न अदालतले अनुमति दिएको छ । उच्च अदालत पोखराले प्रहरीलाई थप अनुसन्धान गर्न १० गतेबाट लागू हुने गरि थप एक हप्ताको म्याद दिएको उच्च अदालत पोखराका सुचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए ।
मिलनविरुद्ध जिल्ला प्रहरी कार्यलयमा बैकिङ कसूरको उजुरी परेको थियो । १० गते पोखराबाट पक्राउ परेका गुरुङको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजकुमार केसीले जानकारी दिए । उनलाई ओम गौरा जोस्टेलका सञ्चालक हरिभक्त अचार्यको उजुरीमा आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण