बग्दादस्थित अमेरिकी दूतावास परिसरमा फेरि रकेट आक्रमण

एजेन्सी । इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासनजिकै फेरि मिसाइल हमला भएको छ । समाचार एजेन्सी एएफपीले सुरक्षा स्रोतको उदृत गर्दै बग्दादस्थित अमेरिकी दूतावास नजिकै आइतबार थुप्रै रकेटहरु प्रहार गरिएको जनाएको छ । अमेरिकी चेतावनीपछि पनि लागातार आक्रमण भएपछि मध्यपूर्वमा थप तनाव बढ्ने संकेत देखिएको छ ।
यद्यपि, यो आक्रमणको कुनै पनि देश वा संगठनले जिम्मेवारी भने लिइसकेको छैन । टाइग्रिस नदीको पश्चिमी किनारमा विस्फोटका आवाजहरु सुनिएको र त्यहाँ धेरै देशका दूतावासहरू रहेको त्यहाँ पुगेका एजेन्सीका एक प्रतिनिधिले जानकारी दिएका छन् ।
सञ्चारमाध्यामहरुकाअनुसार तीन उच्च क्षमताका रकेट (मिसाइल) त्यहाँ अवस्थित उच्च सुरक्षा जोनमा खसेका छन् भने अन्य पाँचवटा रकेट अर्को ठाउँमा खसेका छन् । यी आक्रमणहरूमा हताहतीबारे समाचार बाहिर आइसकेको छैन् ।
केही दिनअघि इराकको राजधानीको उच्च सुरक्षा ग्रीन जोनमा अवस्थित अमेरिकी दूतावासमा तीनवटा रकेट प्रहार गरिएको थियो। यद्यपि, यी आक्रमणहरूमा पनि कुनै हताहती भएको थिएन ।
स्मरणरहोस्, हरित क्षेत्र मध्य बगदादमा अवस्थित छ, जहाँ सरकारी भवनहरू र कूटनीतिक भवनहरु रहेका छन् ।
रिपोर्टहरूले भनेका छन्कि अमेरिकी दूतावास विगत केहि महिनायता धेरै पटक निशानामा परिसकेको छ । ग्रीन जोन क्षेत्रमा हुने आक्रमणलाई अमेरिकाले इरान समर्थित अर्धसैनिक समूहलाई जिम्मेवार ठहराइरहेको छ। ईरानी जनरल कासिम सुलेमानीको मृत्युपछि अमेरिका र इरानबीच द्वन्द्व चर्किरहेको छ । Photo: Jagaran.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफूमाथि आक्रमण गर्नेलाई गृहमन्त्रीले संरक्षण गरेको भन्दै प्रेम चलाउने दिए आयोगमा उजुरी
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
अनेरास्ववियुको अध्यक्षका लागि डाक्टर र राजनीतिशास्त्रका विद्यार्थी भिड्दै
-
सूर्यविनायक–साँगा सडक सीमाभित्र निर्माण भएका संरचना भत्काइँदै (तस्बिरहरू)
-
चलचित्र 'महाभोज'को बुकिङ खुला
-
सकारात्मक सूचकले देखाउँछ नेपालको अर्थतन्त्रमा सुधारको संकेत