ग्रामी अवार्ड : १८ वर्षीया बिलीले रचिन् इतिहास, हेर्नुहोस् तस्विर
१८ वर्षीया गायिका बिली आइलिसले सन् २०२० को ग्रामी अवार्डमा नयाँ इतिहास रच्न सफल भएकी छिन् ।
अमेरिकी गायिकाले आइतबार ग्रामी अवार्डमा शीर्ष चार अवार्ड हात पार्न सफल भएकी हुन् । उनले उत्कृष्ट नयाँ कलाकार, वर्षको उत्कृष्ट रेकर्ड, वर्षको उत्कृष्ट एल्बम र वर्षको उत्कृष्ट गीतको विधामा अवार्ड हात पारिन् । उनले उत्कृष्ट पप भोकल एल्बमको अवार्ड हात पार्दै पाँचवटा ग्रामी जित्न सफल भइन् ।

यो जीत ऐतिहासिक थियो ।
वर्षको उत्कृष्ट एल्बमको अवार्ड हात पार्ने उनी सबैभन्दा कम उमेरकी एकल कलाकार हुन् । यसअघि टेलर स्वीफ्टले २० वर्षको उमेरमा ‘फियरलेस’ एल्बमबाट यो अवार्ड जितेकी थिइन् ।

एल्बम अफ द इयर अवार्डका लागि उनले बन आइभर, लाना डेल रे, आरियाना ग्रान्डे, हर, लिल नास एक्स, लिजो र भ्याम्पायर विकएन्डलाई पछि पारिन् ।
अवार्ड जित्दा बिली आफै छक्क थिइन् । ‘के म भन्न सक्छु कि यसका लागि आरियाना हकदार थिइन् ?,’ उनले प्रश्न गरेकी थिइन् ।
उनी एकैपटक वर्षको उत्कृष्ट रेकर्ड, वर्षको उत्कृष्ट एल्बम, वर्षको उत्कृष्ट गीत र उत्कृष्ट नयाँ कलाकारको अवार्ड हात पर्ने महिला र समग्रमा दोस्रो कलाकार बनिन् । यसअघि सन् १९८१ मा क्रिस्टोफर क्रसले यो सफलता हात पारेका थिए ।

अडेलले पनि सबै चारवटा ट्रफी जितेकी छिन् तर उनलाई यो सफलता हात पार्न तीन वर्ष लाग्यो ।
लिल नास एक्सले उत्कृष्ट म्युजिक भिडियो र उत्कृष्ट पप डुओ–ग्रुप प्रर्फमेन्सका लागि ग्रामी जिते ।

उत्कृष्ट र्याप एल्बमको अवार्ड टाइलरले जिते भने लिजोले उत्कृष्ट पप–सोलो पर्फमेन्सको अवार्ड हात पारे । उत्कृष्ट आर एन्ड बी एल्बम एन्डरसनले जिते । उत्कृष्ट रक एल्बम केज द एलिफेन्टले जिते भने उत्कृष्ट रकम पर्फर्मेन्स र रक गीतको उपाधि गर्याकी क्लार्क जुनियरले जिते ।















तस्विर : रोयटर्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण