सोलोमोन द्वीपमा शक्तिशाली भूकम्प
एजेन्सी । सोलोमोन द्वीपमा सोमबार ६.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । यस भूकम्पपछि सुनामी चेतावनीको कुनै सुचना भने जारी गरिएको छैन । स्थानीय समयाअनुसार सोमबार अपराह्न ४ बजे सो भूकम्प आएको थियो ।
राजधानी होनीआराबाट करिब १४० किलोमिटर दक्षिणपूर्वमा समूद्रको सतहबाट १७.७ किलोमिटर गहिराईमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको युएसजिएसले जानकारी दिएको छ । यस भूकम्पपछि हालसम्म सुनामीको कुनै चेतावनीको सूचना भने जारी नगरिएको सरकारी स्रोतले जानकारी दिएको छ ।
सो भूकम्पको कारण हालसम्म धन जनको क्षतिको विवरण भने प्राप्त नभएको जनाइएको छ । सोलोमोन द्वीपमा बारम्बार भूकम्प आएको पाइन्छ । सन् २०१३ मा सोलोमोन द्वीपमा ८.० म्याग्नीच्युडको भूकम्प गएपछि आएको सुनामीमा परी कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको साथै हजारौँ व्यक्ति घरवारविहीन भएका थिए । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण