साथीले पैसा झिकेर झोला गाडीमा राखिदिएपछि...
भक्तपुर । महानगरीय प्रहरी वृत्त जगातीले एक जना इमान्दार चालकलाई सम्मान गरेको छ । भक्तपुरको च्यामासिंह–रत्नपार्क रुटमा चल्ने बा.३ ख ४९०२ बस चलाउने सिन्धुपाल्चोक जुगल गाउँपालिका ४ घर भएका सूर्य श्रेष्ठलाई मंगलबार कार्यालयमा सम्मान गरेको हो ।
माघ १२ गते राती श्रेष्ठले चलाएको बस पाकिङ्ग गर्ने समयमा सहचालकले पछिल्लो सिटमा एउटा झोला भेटे । त्यसपछि श्रेष्ठले झोला खोलेर हेर्दा महत्वपूर्ण कागजपत्र देखे । उनले झोलाका सम्बन्धित व्यक्तिको नाम र मोवाईल नम्बर भएको देखेपछि फोन गरे ।
झोला धनी थिए टंक खनाल । जो केही समययता अमेरिकामा बसोबास गर्दै आइरेहका छन् । १३ गते हिजो छोराहरुको ब्रतबन्ध गर्न उनी नेपाल आएका उनका ज्वाई सीताराम खतिवडाले रातोपाटीलाई बताए ।
चालक श्रेष्ठलाई त्यतिबेलासम्म झोलामा नगद रुपैयाँ थियो भन्ने पनि थाहा थिएन । जब खनालले झोलामा नगद १ लाख ४७ हजार ७५ रुपैया भएको बताए ।
त्यसपछि उनीहरु महानगरीय प्रहरी वृत्तको कार्यालय जगाती पुगे । प्रहरीले केही समयपछि झोला छुटेको गाडी अर्कै भएको पत्ता लगायो । अर्को बस थियो बा ३ ख २१४७, जसमा खनाल भक्तपुरको गट्ठाघरबाट चढेर नेपाल एयरलाइन्सको कार्यालय आगाडि झरे ।
प्रहरीले सोमबार खनालको झोला छुटेको बा ३ ख २१४७ बसको चालक र सहचालकलाई नियन्त्रणमा लियो । त्यसपछि झोला छुटेको बसका चालकले प्रहरीसमक्ष आफुले पैसा झिकेर झोलासूर्य श्रेष्ठको गाडीमा छोडेको बयान दिए ।
वृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक चक्रराज जोशीका अनुसार झोला छुटेको बसका चालकले उक्त रकमबाट १५ हजारको मोवाइल किनेको र ५ हजार अन्य खर्च गरेको पाइएको छ । झोला देखेर खबर गर्ने चालक श्रेष्ठलाई प्रहरीले सम्मान गरेको छ । झोला हराउने खनालका तर्फबाट उनका ज्वाई खतिवडाले नगद ५ हजारसहित सम्मान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण