वीरेन्द्रनगरमा कर्फ्यु आदेश
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मङगलबार वीरेन्द्रनगरमा कफ्र्यू आदेश जारी गरेको छ ।
टिप्परको ठक्करबाट वीरेन्द्रनगरमा एकजनाको मृत्यु भएपछि उत्तेजित भीडले थप क्षति गर्नसक्ने भन्दै प्रशासनले कर्फ्यूको आदेश जारी गरेको हो ।
टिप्परको ठक्करबाट कालिकोट महावै गाउँपािलका–३ का २१ वर्षीय केशरबहादुरको सिंहको मृत्यु भएको थियो ।
वीरेन्द्रनगर नगरपालिका–३ स्थित गौतम चानेकनजिकै भे१ख २२४२ नम्बरको टिप्परको ठक्करबाट सिंहको मृत्यु भएको हो ।
टिप्परको ठक्करबाट सिंहको मृत्यु भएसँगै आफन्तले नाराबाजी गरेका थिए । नाराबाजीको क्रममा प्रहरीले २ राउन्ड हवाइ फायर समेत गरेको छ ।
हवाइ फायरबाट ८ जना घाइते भएका छन् ।
मङ्गलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट कर्फ्यु लगाउने निर्णय भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सुरक्षा स्थितिलाई नियन्त्रणमा लिनको लागि ६ः३० बजेदेखि माघ १५ गते बिहान ६ बजेसम्मको लागि कर्फ्यु आदेश जारी भएको छ ।
कर्फ्यु आदेश जारी भएको क्षेत्रभित्र कसैले आवातजावात गर्न, भेला जम्मा हुन र अन्य कुनै किसिमको गतिविधि गर्न नपाइने सुर्खेत प्रहरी प्रमुख डिल्लीराज पन्तले जानकारी दिए ।
स्थानीय प्रशासन ऐन (संशोधनसहित) २०२८ को दफा (क) बमोजिक कर्फ्युको आदेश जारी गरिएको प्रमुख पन्तले बताए ।
कर्फ्यु तोड्ने व्यक्तिलाई आवश्यकताअनुसार सुरक्षाकर्मीले गोली चलाउनसक्ने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कर्फ्यु पूर्वमा इत्राख खोला, पश्चिममा बाङ्ेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५०० मिटर दक्षिण गेटसम्म लागू हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्लाफाँटा निकुञ्जमा वयस्क पोथी हात्ती मृत फेला
-
मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना
-
नवरात्रको आज तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै
-
एक सातादेखि अवरुद्ध बुद्धसिंह मार्गमा पहिरा पन्छाइँदै
-
महिला टी–२० विश्वकप : न्यूजिल्याण्डसँग भारत ५८ रनले पराजित
-
विदेशी मुद्राको विनिमय दर : कुनको मूल्य कति ?