नवलपुरको समृद्धिका लागि योजना छ : महामन्त्री डा कोइराला
नेपाली काँग्रेसका महामन्त्री एवं सांसद डा शशाङ्क कोइरालाले आफू निर्वाचित क्षेत्रको विकासका लागि नयाँ योजना बनाएको बताएका छन्।
जिल्ला उद्योग वाणिज्य सङ्घ बर्दघाट सुस्ता पूर्वको आयोजनामा आजदेखि नवलपुरको गैँडाकोटमा शुरु भएको तेस्रो गैँडाकोट महोत्सवको उद्घाटन गर्दै कोइरालाले यहाँको विकासका लागि योजनावद्ध रुपमा तीन वटा काम अगाडि बढाउने बताए ।
कोइरालाले नवलपुरमा सबै प्रकारका खेल खेल्न मिल्नेगरि खेल मैदान बनाउने आफ्नो पहिलो योजना भएको बताए ।
देशकै केन्द्र भागमा पर्ने यस जिल्लामा खेलकूदको गतिविधि बढाउन सकेमा खेल पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने भन्दै कोइरालाले खेल मैदान बनाउने आफ्नो पहिलो योजना भएको बताए ।
“काठमाडौँमा मात्रै भएको ट्रमा सेन्टरलाई नवलपुरमासमेत विस्तार गर्नेगरि योजना बनाएको छु” कोइरालाले भने, “मेरो यो योजनामा सरकारले समेत साथ दिँदै दुर्घटनाबाट हुने घाइतेको शीघ्र उपचारका लागि सहयोग गर्नुपर्छ ।”
रायणी नदी किनार हुँदै त्रिवेणीसम्म वैकल्पिक राजमार्गको समेत आवश्यकता रहेका कोइरालाले औँल्याए ।
जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपुरको आयोजनामा शुरु भएको महोत्सवमा विभिन्न जातजातिका साँस्कृतिक घर एवं औद्योगिक तथा व्यवसायीक गरी ३५० भन्दा बढी स्टल राखिएका छन् ।
उद्योग वाणिज्य सङ्घ नवलपुरका अध्यक्ष अमृत भट्टचनका अनुसार नवलपुरलाई औद्योगिक केन्द्रको रुपमा विकास गर्न गण्डकी प्रदेश सरकारबाट रु २० करोड प्राप्त भएको छ ।
सो रकमबाट कावासोती नगरपालिकामा पर्ने लोकाहा खोला नजिक ५०० बिघा जग्गा व्यवस्थापन गर्दै औद्योगिक केन्द्रको रुपमा गर्ने तयारी भइरहेको भट्टचनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण