सहिद दिवसको सन्दर्भ : आजको पुकार !
योद्धाका स्वच्छ स्वप्ना, सुमधुर विपना, देशले हेर्न पाओस् ।
स्वार्थी सङ्कीर्ण वृत्ति, इति गर अगुवा, देश क्यै मुस्कुराओस् ।।
छिट्टै समृद्ध बुन्दै, कति मुलुक यहाँ ! बन्न पाए अमिर ।
हामी रोगी र भोगी, कति दिन रहने, विश्वमा नै गरिब ।।
।। १।।
खाना, नाना र छाना अब जनजनमा, स्वास्थ्य— शिक्षा सुरक्षा ।
हाम्रा उत्पादनैले जन–उदर भरे, माग्न पर्दैन भिक्षा ।।
उद्योगी–सीपवादी, युवक जन उठून्, देश होस् केन्द्रविन्दु ।
नेता जो प्राज्ञवेत्ता, ‘मुलुक र जनता’, मान आधार–सिन्धु ।।
।। २।।
जागौँ लागौँ मिलेरै, मन, वचन तथा कर्म एकै बनाई ।
भ्रष्टाचारी हटाई, मुलुक सबल होस्, एकता चम्चमाई ।।
बोल्ने लेख्ने र अन्वेषण नव– सृजना, फुल्न पाऊन् विवेक ।
साँच्चै समृद्ध चोखो, मुलुक अब बनोस्, नव्य नेपाल देश ।।
।।३।।
फाल्यौँ रे एकतन्त्री, कलुषित मनको, साँगुरो जो प्रणाली ।
नेता त्यस्तै बनेमा, जनमत कसरी, मान्छ सत्ताधिकारी ?
नेता आचार सङ्लून्, विमल हिम–शिलाझैँ बनून् पारदर्शी ।
वाचा पूरा गराऊन्, विधि–नियमसितै, न्यायमा हुन् विमर्शी ।।
।।४।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण