काठमाडौंका तीन स्थानमा स्थानान्तरण गर्न सकिने आकाशे पुल बन्दै
काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षभित्रै सक्नेगरी तीन स्थानमा स्थानान्तरण गर्नसक्ने आकाशे पुल निर्माण कार्य थालेको छ ।
अत्यधिक मात्रामा पैदलयात्रुको चाप हुने गरेको माइतीघर, जयबागेश्वरी र चाबहिल चोकमा निर्माणको तयारी भइरहेको छ । ती तीन स्थानमा निर्माण हुने पुल ढिलोमा चालू आर्थिक वर्षभित्रै सकिने गरी योजना बनाइरहेको कामपाले जानकारी गराएको छ ।
ती तीन स्थानसँगै माइतीघर, टेकु भन्सार, त्रिपुरेश्वर, बबरमहल, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर र गौशाला चोकमा पनि स्थानान्तरण गर्न सकिने पुल निर्माण कार्य गर्ने कामपाको योजना छ । यस्ता खालको पुल निर्माणकै लागि कामपाले चालू आवमा रु पाँच करोड बजेट विनियोजन गरेको छ ।
महानगरले बनाउन लागेका सार्न मिल्ने पुलमध्ये माइतीघरको पुरातत्व विभाग अगाडि निर्माण शुरु भइसकेको छ । त्यसैगरी चाबहिल र जयबागेश्वरीमा पनि यही महिनाबाटै पुल निर्माण अगाडि बढ्ने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए ।
कामपाले अघिल्लो आर्थिक वर्षमै १० स्थानमा सार्न मिल्ने पुल निर्माण गर्ने बताए पनि हालसम्म तीन ठाउँमा मात्र पुल बन्ने निश्चित भएको हो । आकाशे पुल निर्माणसँगै दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापन कार्यमा ठूलो सहयोग पुग्ने कामपाले जनाएको छ ।
नयाँ बन्ने पुल एक ठाउँबाट अर्को ठाउँमा आवश्यकताअनुसार सजिलै स्थानान्तरण गर्न सकिनेछ । यस्तो पुल पहिलो पटक बन्न लागेको हो । यसअघि परीक्षणका रूपमा पुरानो बसपार्क अगाडि स्थानान्तरण गर्न मिल्ने पुल बनेको थियो ।
कामपाभित्र सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल चालू छन् । रत्नपार्कमा एउटा सब–वे छ ।
भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने अवस्थामा छन् । अन्य स्थानका पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको कामपा आफैँले स्वीकारेको छ । काठमाडोँ उपत्यकामा नयाँ र पुराना गरी ३० वटा आकाशे पुल रहेका छन् । –रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण