अजय देवगनको ‘मैदान’ को फस्टलुक रिलिज
मुम्बई । सिंघम स्टार अजय देवगन पछिल्लो समय सफलताको शिखरमा छन् । उनले अहिले फ्यानका लागि एकपछि अर्काे खुसीको खबर दिइरहेका छन् । यस्तैमा उनका फ्यानका लागि खुसीको खबर हुनसक्छ । उनको नयाँ फिल्म ‘मैदान’ को फस्टलुक रिलिज गरिएको छ । फष्टलुक रिलिजमै फिल्मको बिषयमा चर्चा परिचर्चा समेत सुरु भएको छ ।
‘मैदान’ को फष्टलुकलाई उनका फ्यानले मन पराएका छन् । यो फिल्ममा पहिले अजयको अपोजित भूमिकामा साउथ अभिनेत्री कीर्ति सुरेश फाइनल भएकी थिइन् । तर उनको डेट नमिलेको कारण नेशनल अवार्ड विजेता अभिनेत्री प्रियमणीले अभिनय अवसर प्राप्त गरिन् ।
अजयको हालै रिलिज फिल्म ‘तानाजी : द अनसँग वारियर’ले २०० करोड बढी आम्दानी गरेको छ । फिल्मको सफलताबाट अजय निकै खुसी छन् । फिल्म ‘मैदान’ भारतीय फुटबल टिमका कोच सईद अब्दुल रहीमको जीवनमा आधारित रहेको छ । अमित शर्माको निर्देशन रहेको ‘मैदान’मा अजय सईद अब्दुल रहीमको भूमिकामा छन् ।
फिल्मको फष्टलुक शयर गर्दै अजयले रिलिज मिति पनि २२ नेभेम्बर २०२० घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण