अजय देवगनको ‘मैदान’ को फस्टलुक रिलिज

मुम्बई । सिंघम स्टार अजय देवगन पछिल्लो समय सफलताको शिखरमा छन् । उनले अहिले फ्यानका लागि एकपछि अर्काे खुसीको खबर दिइरहेका छन् । यस्तैमा उनका फ्यानका लागि खुसीको खबर हुनसक्छ । उनको नयाँ फिल्म ‘मैदान’ को फस्टलुक रिलिज गरिएको छ । फष्टलुक रिलिजमै फिल्मको बिषयमा चर्चा परिचर्चा समेत सुरु भएको छ ।
‘मैदान’ को फष्टलुकलाई उनका फ्यानले मन पराएका छन् । यो फिल्ममा पहिले अजयको अपोजित भूमिकामा साउथ अभिनेत्री कीर्ति सुरेश फाइनल भएकी थिइन् । तर उनको डेट नमिलेको कारण नेशनल अवार्ड विजेता अभिनेत्री प्रियमणीले अभिनय अवसर प्राप्त गरिन् ।
अजयको हालै रिलिज फिल्म ‘तानाजी : द अनसँग वारियर’ले २०० करोड बढी आम्दानी गरेको छ । फिल्मको सफलताबाट अजय निकै खुसी छन् । फिल्म ‘मैदान’ भारतीय फुटबल टिमका कोच सईद अब्दुल रहीमको जीवनमा आधारित रहेको छ । अमित शर्माको निर्देशन रहेको ‘मैदान’मा अजय सईद अब्दुल रहीमको भूमिकामा छन् ।
फिल्मको फष्टलुक शयर गर्दै अजयले रिलिज मिति पनि २२ नेभेम्बर २०२० घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही
-
टर्कीमा गयो भूकम्प, सात जना घाइते
-
कलाकार गौतमलाई कलाकर्मीले दिए अन्तिम श्रद्धाञ्जली (तस्बिरहरू)
-
आईसीसी विश्वकपमा पाकिस्तानको सबै खेल श्रीलङ्कामा
-
सांसदको प्रश्न– यातायात व्यवसायीसँग तत्कालीन सहमति भएको हो कि दीर्घकालीन ?
-
नेपाली सेनाद्वारा बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण