एनटिभीको पाँचौं च्यानल इटहरीबाट
सुनसरी । नेपाल टेलिभिजन(एनटिभी)को ३५औंँ वार्षिकोत्सवका अवसरमा शुक्रबारदेखि इटहरिबाट पनि प्रशारण हुने भएको छ । प्रदेश १ र २ लाई लक्षित गर्दै सरकारले एनटिभीको पाँचौं च्यानल प्रशारणमा ल्याउन लागेको हो ।
नेपाल टेलिभिजन इटहरी प्रशारण केन्द्रको उद्घाटन प्रधानमन्त्री केपी शर्मा वलीले प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट वटन थिचेर गर्ने भएका छन् । नेपाल टेलिभिजन इटहरी कार्यालय परिसरमा आयोजना हुने शुभारम्भ समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा तथा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको विशेष आतिथ्यता रहने भएको एनटिभीले जनाएको छ ।
नेपाल टेलिभिजनको पाँचौ च्यानलको रुपमा सञ्चालन हुन लागेको इटहरी प्रशारण केन्द्र प्राविधिक हिसाबले उच्च प्रविधियुक्त हुने र यस च्यानलको पहुँच राष्ट्रिय प्रशारण सरह हुने नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले जानकारी गराए । उनले साथै नेपाल टेलिभिजनको डिटिएच तथा देशभरका केवल वितरकमार्फत हेर्न सकिने बताए । साथै मोबाइल एप्स र वेवसाइटमार्फत संसारभर यसको प्रशारण हेर्न सकिने जानकारी गराए ।
अध्यक्ष विष्टले स्याटेलाइटमार्फत विश्वका १४६ देशमा हेर्न सकिने छ भने भूसतहीय प्रशारणमार्फत देशको ७२ प्रतिशत जनसङ्ख्या माझ पुग्ने बताए । त्यसैगरी नेपाल टेलिभिजनका महाप्रबन्धक सचिन रोकाले एनटिभी इटहरी आफैमा स्वतन्त्र रहेकाले यहाँका स्थानीय क्षेत्रका भाषा सँस्कृतिको उजागर गर्दै सदुपयोग गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण