सैनामैना नगरपालिकाले किसानलाई २८ लाख अनुदान दिने
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले पशुपालक किसानहरुलाई करिब २८ लाख अनुदान वितरण गर्ने भएको छ । युवा लक्षित व्यवसाय प्रवद्र्धन कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा ४३ जना पशुपालक किसानहरुलाई अनुदान वितरण गर्ने सैनामैनाका पशु शाखा अधिकृत इन्द्रबहादुर खडकाले बताए ।
कस्ता किसानले अनुदान पाउँछन ?
सैनामैना नगरपालिकाले गाई गोठ सुधार, बाख्रा गोठ सुधार, कुखुरा खोर सुधार तथा पोखरी निर्माण गर्न प्रस्ताव माग गरेको थियो । आएका प्रस्तावहरुको अनुगमन गरी ४३ जना पशुपालक किसानहरुलाई ५० प्रतिशत अनुदानको रकम किसानहरुलाई वितरण गर्ने निर्णय भएको अधिकृत खडकाले बताए ।
२५ जनालाई गाईगोठ सुधारका लागी रु ५० हजारका दरले १२ लाख ५० हजार, बाख्रा गोठ सुधारका लागि ४ जनालाई ५० हजारका दरले २ लाख, बङ्गुर पालक २ जना किसानलाई १ लाखका दरले २ लाख, कुखुरापालक ९ जना किसानलाई ८५ हजारका दरले ७ लाख ६५ हजार र नयाँ पोखरी निर्माणका लागि माछापालक ५ जना किसानलाई ३ लाख रकम अनुदान दिन लागिएको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।
नगरपालिकाले किसानलाई अनुदान रकम उपलव्ध गराएपछि आफुहरुको मनोबल बढ्नुको साथै कृषि क्षेत्रमा लाग्न अझ प्रेरणा मिलेको सैनामैना ११ का कृषक प्रेमनाथ ज्ञवालीले बताए । पाएको अनुदानबाट बाख्रा गोठ निमार्ण गर्ने सैनामैना ४ की किसान सरला अधिकारीले बताइन् ।
कृषि र पशुपालक किसानको जीवनस्तर उकास्न र सो क्षेत्रमा यूवाहरुको आकर्षण बढाउनको निम्ति अनुदान बितरण गरिएको नगरप्रमुख चित्रबहादुर कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण