सैनामैना नगरपालिकाले किसानलाई २८ लाख अनुदान दिने

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले पशुपालक किसानहरुलाई करिब २८ लाख अनुदान वितरण गर्ने भएको छ । युवा लक्षित व्यवसाय प्रवद्र्धन कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा ४३ जना पशुपालक किसानहरुलाई अनुदान वितरण गर्ने सैनामैनाका पशु शाखा अधिकृत इन्द्रबहादुर खडकाले बताए ।
कस्ता किसानले अनुदान पाउँछन ?
सैनामैना नगरपालिकाले गाई गोठ सुधार, बाख्रा गोठ सुधार, कुखुरा खोर सुधार तथा पोखरी निर्माण गर्न प्रस्ताव माग गरेको थियो । आएका प्रस्तावहरुको अनुगमन गरी ४३ जना पशुपालक किसानहरुलाई ५० प्रतिशत अनुदानको रकम किसानहरुलाई वितरण गर्ने निर्णय भएको अधिकृत खडकाले बताए ।
२५ जनालाई गाईगोठ सुधारका लागी रु ५० हजारका दरले १२ लाख ५० हजार, बाख्रा गोठ सुधारका लागि ४ जनालाई ५० हजारका दरले २ लाख, बङ्गुर पालक २ जना किसानलाई १ लाखका दरले २ लाख, कुखुरापालक ९ जना किसानलाई ८५ हजारका दरले ७ लाख ६५ हजार र नयाँ पोखरी निर्माणका लागि माछापालक ५ जना किसानलाई ३ लाख रकम अनुदान दिन लागिएको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।
नगरपालिकाले किसानलाई अनुदान रकम उपलव्ध गराएपछि आफुहरुको मनोबल बढ्नुको साथै कृषि क्षेत्रमा लाग्न अझ प्रेरणा मिलेको सैनामैना ११ का कृषक प्रेमनाथ ज्ञवालीले बताए । पाएको अनुदानबाट बाख्रा गोठ निमार्ण गर्ने सैनामैना ४ की किसान सरला अधिकारीले बताइन् ।
कृषि र पशुपालक किसानको जीवनस्तर उकास्न र सो क्षेत्रमा यूवाहरुको आकर्षण बढाउनको निम्ति अनुदान बितरण गरिएको नगरप्रमुख चित्रबहादुर कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिडियाले तल्लो स्तरको भाषा प्रयोग गर्नु हुँदैन : प्रधानमन्त्री
-
गभर्नर नियुक्तिको विषय संसद्मा प्रवेश
-
प्रदीप नेपालको ‘आत्मस्वीकृति’ : मलामी बोलाउने र खुवाउने काम नगरियोस् !
-
अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई पालिकाकाे सम्मान
-
गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनको माग गर्दै धर्ना
-
हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र