बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसबाट नागरिकलाई बचाउन देउवाले दिए सरकारलाई पाँच सुझाव

शुक्रबार, १७ माघ २०७६, १८ : २४
शुक्रबार, १७ माघ २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस  प्रभावित क्षेत्र चीनको वुहानमा रहेका नेपालीलाई उद्दार गर्न सरकारलाई आग्रह गरेका छन् । शुत्रबार प्रेस विज्ञप्ति जारी गर्दै देउवाले कोरोना भाइरसबारे नेपालले राख्नु पर्ने सतर्कता र सरकारले युद्धस्तरमा निर्वाह गर्नुपर्ने  कर्तव्य बारे सजग गराउन उनले सार्वजनिक अपिल गरे । 

‘अन्तराष्ट्रिय रुपमा संक्रमण फैलिन शुरु गरेको आजको स्थितिमा बिश्व स्वास्थ्य संगठन द्वारा घोषित संकटकाल र संक्रमण सामना गर्न अन्य राष्ट्रले शुरु गरेको सम्पुर्ण सतर्कता सँगै नेपालले राख्नु पर्ने सतर्कता र सरकारले युद्धस्तरमा निर्वाह गर्नुपर्ने  कर्तव्य बारे सजग गराउँदै म सार्वजनिक अपिल गर्न चाहान्छु,’विज्ञप्तिमा भनिएको छ ।

कोरोनाका कारण ज्यान गुमाएका सबै चिनियाँ नागरिकको परिवार र चिन सरकारप्रति देउवाले समवेदना व्यक्त गरे ।

सरकारलाई देउवाका पाँच सुझाव

१)कोरोना भाइरस संक्रमणको जोखिम र पूर्व सतर्कताबारे सरकारले विविध माध्यमबाट नागरिक पंक्तिमा व्यापक सूचना संप्रेशण गर्न जरुरी छ ।

नागरिकलाई सुसूचित गर्ने अभियानमा साझा दायित्व साथ महत्वपुर्ण भुमिका निर्वाह गर्न म नेपाली काँग्रेसका साथीहरुसँगै सबै राजनितिक दल, संघ संस्था र सबै संचार माध्यमहरुलाई विशेष आग्रह गर्दछु ।

 

२) नेपाल प्रवेशका सबै अन्तराष्ट्रिय नाकामा बिशेष हेल्थ डेस्क प्रभावकारी ढंगले संचालन गर्न अपिल गर्दछु, ताकी कोरोना भाइरसको नेपाल प्रवेशलाई रोक्न सकियोस ।

 

३) कयौं देशले चीनको वुहान शहरबाट आफ्ना नागरिकलाई स्वदेश फर्काईसकेको विवरण आएका छन् । तर त्यहाँ रहेका करिब एकसय नेपाली बिद्यार्थीसंगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु दुस्खद र आपत्तिजनक छ । कोरोना भाईरसको संक्रमणबाट जोगाउँदै वुहानका नेपालीलाई यथासिघ्र नेपाल ल्याउने प्रबन्ध मिलाउन म सरकारलाई अनुरोध गर्दछु ।

४)  वुहानबाट नेपालीहरुलाई उद्दार गरेर ल्याए पश्चात स्वास्थ्य परिक्षणको प्रतिवेदन आउने निश्चित  अवधिभर अलग्गै राख्ने शिविरको प्रवन्ध गर्न सरकारले तत्काल कार्य सुरु गर्नुपर्ने आवश्यकता म औंल्याउन चाहन्छु ।

 

५)  संक्रमण परिक्षणका लागि राजधानीमा अलग्गै केन्द्र तत्काल स्थापना गर्नुपर्ने  अनिवार्य आवश्यकता छ । यसलाई गम्भीरतापुर्वक लिएर गम्भीरताकासाथ कार्य गर्न म सरकारलाई सचेत गराउन चाहन्छु ।

अन्त्यमा,

कोरोना भाइरसको प्राणघातक संक्रमणप्रति संयमपुर्वक सतर्कताका लागि म नेपाली काँग्रेस पार्टीका तर्फबाट स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदिबहिनी दाजुभाइमा बिशेष अपिलपनि गर्दछु ।
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप