शनिबारको मौसम पूर्वानुमान
शनिबार, १८ माघ २०७६, ०८ : ४२
मौसम पूर्वानुमान महाशाखाले नेपालमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ ।
शनिबार जारी पूवानुमानले हाल देशका मध्य र पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ ।
आज दिनभर देशका पहाडी भू–भागमा आशिंकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना रहेको छ।
यसैगरी, राति भने पहाडी र हिमाली भू,भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का बर्षा र हिमाली भू–भागका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण