राष्ट्र बैंकले सम्झायो कानुन : फेसबुकमा विज्ञापन विदेशी मुद्रा अपचलन
नेपाल राष्ट्र बैंकले फेसबुक, ट्वीटर, युबट्युब जस्ता सामाजिक सञ्जालहरुमा पैसा तिरेर गरिने विज्ञापनलाई गैरकानुनी भएको सम्झाएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै त्यस्तो विज्ञापनको लागि अनौपचारिक माध्यमबाट विदेशमा पैसा पठाउने गरेको पाइएको भन्दै त्यस्तो क्रियाकलाप गैरकानुनी भएको जनाएको छ ।
नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले अनधिकृत माध्यमबाट सामाजिक सञ्जालमा विज्ञापन गर्न विदेशमा भुक्तानी गर्दै आएको पाइएको भन्दै त्यो गैरकानुनी हो, यसो गर्न पाइँदैन भनेर जनतालाई सम्झाउन यस्तो सूचना जारी गरिएको बताए ।
‘यो अहिलेको व्यवस्था होइन २०१९ सालदेखिको व्यवस्था हो । अहिले फेसबुक ट्वीटर, युबट्युबमा विज्ञापन गर्न अनौपचारिक ढंगले पैसा पठाउने गरेको पाइयो, त्यसैले हामीले त्यसरी पैसा पठाउन पाइँदैन भनेर सम्झाएका मात्रै हौं’ कार्यकारी निर्देशक मिश्रले भने । उनले विज्ञापनको लागि औपचारिक रुपमा विदेशमा पैसा पठाउन अहिले पनि नमिल्ने भन्दै यसले कुनै नयाँ व्यवस्था नगरेको बताए ।
राष्ट्र बैंकको सूचनामा विदेशी विनिमय नियमित गर्ने ऐनलाई हवाला दिँदै त्यसरी रकम विदेश पठाउने व्यक्ति वा संस्थालाई कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
उक्त ऐनले राष्ट्र बैंकले तोकेको क्षेत्रमा बाहेक विदेशमा बस्ने कुनै पनि व्यक्तिलाई पैसा पठाउन नहुने व्यवस्था गरेको छ । त्यसरी पैसा पठाउने व्यक्तिलाई विदेशी विनिमय अपचलन अन्तर्गत बिगो र त्यसको तेब्बरसम्म जरिवाना गराउनसक्ने व्यवस्था गरेको छ । त्यसरी विदेशी विनिमय अपचलन गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैस सजाय गर्ने व्यवस्था समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
-
सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ
-
अव्यवस्थित तार हटाउने कार्य : दुई मन्त्रीको संयुक्त अनुगमन, समयसीमाभित्र काम नसके कारबाही गरिने
-
शिक्षकहरूको गुनासो– हामीलाई प्रोत्साहन भत्ताबाट वञ्चित गरियाे
-
क्रियाशील सदस्यता नवीकरण र वितरणका लागि साउन १४ सम्मको समयसीमा
-
'कांग्रेसले धोखा दिएपछि वाम सहकार्य भयो, हामी जस्तोसुकै अग्निपरीक्षा दिन तयार छौँ'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण