रजनीकान्तपछि अब अक्षय कुमार बेयर ग्रिल्सको शोमा, दीपिका र कोहली लाइनमा
रजनीकान्तपछि अक्षय कुमारले बियर ग्रिल्सको नयाँ शो ‘इन टु द वाइल्ड विद बेयर ग्रिल्स’ का लागि सुटिङ गरेका छन् जुन कर्नाटकको बांदीपुर टाइगर रिजर्व एवं नेशनल पार्कमा भयो । सुटिङका केही फोटो सोसल मिडियामा चर्चाको विषय पनि बनेको छ । तस्बिरमा अक्षय ग्रिल्स, कार्यक्रमका समूह र वन अधिकारीसहित नजर आइरहेका छन् ।
रिपोर्टलाई मान्ने हो भने बेयरले अक्षयसँग पाँच लेकेशनमा सुटिङ गर्नुपर्ने थियो । तर उनी दुईवटा स्थानमा सुटिङ गरेर त्यहाँबाट निस्किए । ग्रिल्स, उनको समूह र अक्षयले करिब तीन घण्टाको समय सुटिङमा खर्च गरे ।
दीपिका र विराट पनि गर्न सक्छन् सुटिङः
रिपोर्टमा बताए अनुसार नायिका दीपिका पादुकोण र क्रिकेटर विराट कोहली पनि ग्रिल्ससँग जंगलमा सुटिङ गर्नेछन् । यी दुईसहित केही थप सेलिब्रिटी पनि उक्त सुटिङको हिस्सा बन्न सक्नेछन् । यदि यस्तो हो भने ग्रिल्ससँग सुटिङ गर्ने दीपिका पहिलो बलिउड नायिका र कोहली पहिलो भारतीय क्रिकेटर हुनेछन् । पहिलो भारतीय नायकको रुपमा रजनीकान्तले सुटिङ गरिसकेका छन् । यो सुटिङ जनवरी २८ मा बांदीपुर टाइगर रिजर्वमा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण